मालिकार्जुन गाउँपालिका योगमय पालिका घोषणा

मालिकार्जुन गाउँपालिका योगमय पालिका घोषणा


दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई योगमय पालिका घोषणा गरिएको छ । विद्यालय तथा वडास्तरीय योग शिक्षा कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिकालाई योगमयपालिका घोषणा गरिएको हो । योग आयुर्वेद स्वास्थ्य शिक्षा र आत्म अनुशासन पालिका बनाउने उद्देश्य अनुरुप एक कार्यक्रमका बीच शनिवार मुख्य केन्द्रीय प्रभारी युवा नेपाल समितिका साधवी डाक्टर देवविजयाले योगमय पालिका घोषणा गरेका हुन् ।

योग, आयुर्वेद, शिक्षा र आत्म अनुशासन विषयमा वृहत अन्तरक्रिया गर्दै योगमयपालिका घोषण गरिएको छ । गाउँपालिकाले सबै वडामा रहेका विद्यालयहरुमा योग सम्बन्धि शिक्षकको व्यवस्थापन गर्दै दैनिक योग अभ्यास संचालन भइरहेको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । पालिका स्तरमा योग शिविरबाट प्रशिक्षकहरु छनौट गरी योग शिक्षालाई घर–घरसम्म पु¥याउने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिए ।

पतञ्जली युवा नेपालका मुख्य केन्द्रीय प्रभारी सादवी देवविजया र पालिका अध्यक्ष हिरा सिंह धामीले पालिकालाई योगमय बनाउन गरिएको सम्झौता पत्र आदानप्रदान गरेका छन् । २०७९ सालमा स्थानीय तहमा निर्वाचित भएपछि गाउँपालिका अध्यक्ष धामीले मालिकार्जुनमा योगको सुरुवात गरेका थिए ।

गाउँपालिकालाई योग र आयुर्वेदकको माध्यमबाट स्वस्थ जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुरुप योगमयपालिका घोषणा गरिएको अध्यक्ष धामीले बताए । मालिकार्जुन गाउँपालिकाले पालिकाका ३७ वटै विद्यालयमा योग शिक्षक खटाएको छ । विद्यालय तहमै हरेक दिन योग अभ्यास गराउने गरिएको बताइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *