नजरिया

शिक्षामन्त्री विद्या भट्टराईद्धारा राजीनामा

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएका हुन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौँ केन्द्रीत प्रदर्शन जारी राखेका छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।

दलनिकट संघसंगठनहरूले शैक्षिक क्षेत्रमा पारेको प्रभाव

लेख : शिक्षा क्षेत्र कुनै पनि राष्ट्रको समुन्नतिको आधार र मेरुदण्डको रूपमा लिइन्छ, र यसको प्रभावकारी र गुणस्तरिय व्यवस्थानले राज्य सञ्चालनको दक्षता निर्धारण गर्छ । तर, नेपालको सन्दर्भमा हेर्दा शिक्षा क्षेत्र गम्भीर संकटमा परेको छ, जसको मूल कारण राजनीतिक भागबण्डा र हस्तक्षेप हो । यस्तो हस्तक्षेप शिक्षामा संलग्न राजनीतिक रूपले आबद्ध शिक्षक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संगठनहरूले निरन्तर गरिरहेको सक्रिय भूमिकासँग सम्बन्धित छ। यिनै संगठनहरू राजनीतिक दलको आडमा स्वार्थसिद्धिका लागि

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

दार्चुला : काठमाडौँ केन्द्रीत शिक्षकहरुको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रको बैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान रहेको भएपनि शिक्षक तथा विद्यालय कर्मचारीहरुको आन्दोलनले भर्ना अभियान प्रभावित भएको हो । दार्चुलामा पनि शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित बनेको छ । जिल्लाको महेन्द्र मावि खलंगा, मालिकाकार्जुन मावि धाप, शैल्यशिखर नगरपालिकाको पशुपति भवन मावि ग्वानी, लेकम गाउँपालिकाको लटिनाथ मावि चौपाता, अपिहिमाल गाउँपालिकाको डाडाबाग आवि

ब्याँस गाउँपालिका–३ को अपिल : बालबालिकालाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गरिदिनुस्

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ३ ले वडाका विद्यार्थीलाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको छ । मंगलवार वडा अध्यक्ष उपेन्द्र सिंह धामीले एक सूचना जारी गर्दै वडाभित्रका अभिभावकलाई आफ्ना छोराछोरीलाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेका हुन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियान पनि प्रारम्भ भएको छ । ‘वडा नम्बर ३ स्थायी ठेगाना भई आफ्ना बालबालिकाहरुलाई यस वडाका विद्यालयभन्दा बाहिर भर्ना गरि अध्ययन

दार्चुलामा ट्याङ्करको ठक्करबाट ऐरीको मृत्यु

दार्चुला : दार्चुलामा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिश सिंह ऐरी रहेका छन् । आइतवार दिउँसो साढे ३ बजेको समयमा नौगाड गाउँपालिका–५ सौकेबगरस्थित गोकुलेश्वर–नौगाड भित्रि सडकखण्डमा ब्रज ग्रुप कन्ष्ट्रक्सनको बा ३ क २३९९ नम्बरको पानी बोक्ने ट्याङ्करले सडक छेउमा रहेका ऐरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुृर रावतले जानकारी

‘घडी हातैमा’ बोलको गीत सार्वजनिक

दार्चुला : उपेन्द्र सिंह ठगुन्नाको लय स्वर, शब्द र सिर्जना रहेको ‘घडी हातैमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा स्वयम् ठगुन्ना, केशव धामी र सन्तोष लुहारको स्वर छ । लोकदोहोरी गीतको भिडिओमा जोन बम र मोडेल आयुस्मा कार्कीको अभिनय रहेको छ । गीतको भिडिओ खिचडी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लक्ष्मण ठगुन्नाको प्रायोजन रहेको उक्त गीतमा दुई प्रेमीको माया प्रेमको गहिरो भाव सँगै भेट्ने इच्छालाई व्यक्त गरिएको

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच छलफल जारी

काठमाडौँ : आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल सुरु भएको छ । सिंहदरबार परिसरमा महासंघका प्रतिनिधिहरूसँग मन्त्रालयले छलफल सुरु गरेको हो । शिक्षा मन्त्रालयका सूचना अधिकारी उपसचिव नीलकण्ठ ढकालका अनुसार छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव दीपक काफ्ले सहित ४ जना र महासंघका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीसहित ४ जना सहभागी छन् । छलफलले शिक्षकको आन्दोलन र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने सूचना अधिकारी ढकालले बताए ।

मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पुर्‍याउन जरुरी छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा गर्नुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पु¥याउन जरुरी रहेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीलाई सरकारले सुरक्षण गर्ने बताए । उद्योग, व्यवसायमा निजी क्षेत्रले गरेको लगानी राष्ट्रको सम्पतीमा गणना हुने भएकाले सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षण गर्ने बताउनुभयो ।

गोकुलेश्वर बहुमुखीको स्ववियु अध्यक्षमा अनेरास्ववियुका डाँगा विजयी

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन् । डाँगा नेविसंघका उम्मेदवार भन्दा ३ मत बढी ल्याएर विजयी भएका हुन् । अनेरास्ववियुका डाँगाले १ सय ५ मत ल्याएर विजयी हुँदा नेविसंघका नरेश बिष्टले १ सय २ मत ल्याए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका नवराज भट्टले १ सय २५ मत ल्याएर बिजयी भए । स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन बनेको थियो

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका बडू निर्वाचित, उनको प्यानलै विजयी

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा नेविसंघका प्रकाश बडू निर्वाचित भएका छन् । बडूले २२२ मत ल्याएर स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका खडक सिंह ठगुन्नाले १९१ मत ल्याए । यस्तै अध्यक्षका स्वतन्त्र उम्मेद्वार अनिल चन्द्र जोशीले २० मत पाए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका लाल सिंह महर २१८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका दिपु सिंह महताले २१५ मत