विशेष

दर्ता नभएका आयुर्वेदिक औषधि बिक्री–वितरण नगर्न आग्रह

दार्चुला : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले आयुर्वेदिक औषधिको बिक्री–वितरण गर्दा प्रचलित कानुनी व्यवस्था र स्वीकृत मापदण्ड पूर्ण रूपमा पालना गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ। आयुर्वेद स्वास्थ्य केन्द्रले शुक्रबार एक विज्ञप्ति जारी गर्दै औषधिको गुणस्तर कायम राख्न, जनस्वास्थ्यको संरक्षण गर्न तथा औषधिको सुरक्षित र प्रभावकारी प्रयोग सुनिश्चित गर्न दर्ता नभएका आयुर्वेदिक औषधिको बिक्री–वितरण नगर्न अनुरोध गरेको हो । औषधि ऐन, २०३५ को दफा ८ बमोजिम नेपालमा बिक्री–वितरण गरिने औषधि

दार्चुलामा विश्व हुलाक दिवसका अवसरमा उत्कृष्ट तथा सेवा निवृत्त कर्मचारी सम्मानित

दार्चुला : विश्व हुलाक दिवस–२०२६ को अवसरमा जिल्ला हुलाक कार्यालय दार्चुलाले उत्कृष्ट कर्मचारी तथा सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ। ‘One postal network, infinite possibilities’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनन्त सम्भावना’ भन्ने नाराका साथ १५२औं विश्व हुलाक दिवसका अवसरमा आयोजित कार्यक्रममा कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मानित हुनेमा आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादनमा उकृष्ट कर्मचारीतर्फ हुलाक कार्यालय अपिहिमालमा कार्यरत हुलाक प्रतिनिधि सुन्दर सिंह कार्की र जिल्ला

आत्महत्या दुरुत्साहनका आरोपीलाई धरौटिमा छोड्न उच्चको आदेश

दार्चुला : सम्पाल माविका प्रधानाध्यापक बलदेव सिंह धामी आत्महत्या प्रकरणमा पुर्पक्षका लागि कारागार चलान गरिएका ८ जनालाई धरौटीमा छोड्न आदेश आएको छ । उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले जिल्लाको आदेश बदर गर्दै ८ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशअनुसार परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही दुई लाख रुपैयाँ, खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्कर राज भट्ट र पदम राज भट्टलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा नरेन्द्र

नेपाल–भारत समन्वय बैठक : सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सहकार्य गर्ने सहमति

दार्चुला : भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। सोमवार बैठकमा पिथौरागढ जिल्ला प्रशासनसँगै नेपालका सीमावर्ती जिल्ला दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो। बैठकमा पिथौरागढका जिल्ला अधिकारी आशीष भटगांई, बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीमा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। बैठकमा सीमा सुरक्षा, सुरक्षा निकाय बीच समन्वय, सूचना

२० हजार बजेट दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने मालिकार्जुन गाउँपालिका-५ को निर्णय

दार्चुला : मालिकार्जुन गाउँपालिका–५ को वडा कार्यालयले तीज विशेष कार्यक्रम र नारी दिवसका लागि विनियोजन गरिएको २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मदन बहादुर चन्दका अनुसार गाउँपालिकाबाट तीज कार्यक्रमका लागि १० हजार रुपैयाँ र नारी दिवसका लागि १० हजार रुपैयाँ गरी वडालाई विनियोजन गरिएको कुल २० हजार रुपैयाँ कार्यक्रम सञ्चालनमा खर्च नगरी विपद् प्रभावितको सहयोगका लागि उद्धार कोषमा जम्मा

भोटेकोसी बाढीपहिरो पीडितका लागि काँग्रेस दुहुँले सहयोग गर्ने

दार्चुला : नेपाली काँग्रेस दुहुँ गाउँपालिका कार्यसमितिले भोटेकोसी बाढीपहिरो पीडितका लागि पार्टीका सदस्यहरूबाट स्वेच्छिक सहयोग संकलन गर्ने निर्णय गरेको छ। दुहुँ गाउँपालिका कार्य समितिको भाद्र १४ गते बसेको बैठकले वडा कार्यसमितिमार्फत सहयोग संकलन गर्ने निर्णय गरेको हो। संकलित सहयोग नेपाली काँग्रेस केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी उद्धार कोषमा हस्तान्तरण गरिने निर्णय भएको नेपाली काङ्ग्रेस दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुँवरले बताए । सभापति कुँवरका अनुसार सहयोग संकलनको जिम्मेवारी वडा कार्यसमितिलाई दिइने

धापमा गौरा पर्व व्यवस्थापन समिति गठन, मदिरा सेवन र बिक्री–वितरणमा रोक

दार्चुला : महाकाली नगरपालिका–७ धापमा गौरा पर्वलाई सभ्य, भव्य तथा व्यवस्थित रूपमा सञ्चालन गर्न गौरा पर्व व्यवस्थापन समिति गठन गरिएको छ। वडाका कार्यवाहक अध्यक्ष नन्दा देवी कोलीको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिले गौरा पर्वका क्रममा मदिरा सेवन गरी हो–हल्ला गर्ने तथा पर्वको शान्ति–व्यवस्था भंग गर्ने व्यक्तिलाई जरिवाना गर्ने निर्णय गरेको छ। समितिको निर्णयअनुसार मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिलाई पहिलो पटक रु. १ हजार, दोस्रो पटक रु. २

शिक्षकका लागि तीन दिने मनोसामाजिक परामर्श तालिम सम्पन्न

दार्चुला : विद्यार्थीमा देखिने मानसिक तनाव, भावनात्मक समस्या तथा पढाइको दबाबलाई समयमै पहिचान र सम्बोधन गर्ने उद्देश्यले महाकाली नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाका लागि आयोजित तीनदिने मनोसामाजिक परामर्शसम्बन्धी तालिम सम्पन्न भएको छ। साइकडेस्क फाउन्डेसन, महाकाली नगरपालिका र वर्ल्डलिंक कम्युनिकेसन्सको सस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम संयुक्त आयोजनामा भाद्र १ देखि ३ गतेसम्म महाकाली नगरपालिकाको सभाहलमा सञ्चालन भएको तालिममा विभिन्न सामुदायिक विद्यालयबाट २२ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो। तालिममा कक्षाकोठामा मानसिक स्वास्थ्य, विद्यालयस्तरीय

दार्चुलामा आफ्नै घरमा सुतिरहेकी महिलामाथि निर्घात कुटपिट र लुटपाट, आरोपी फरार

दार्चुला : महाकाली नगरपालिका–४ बाङ्गाबगरमा राति आफ्नै घरमा सुतिरहेकी ३५ वर्षीया कविता बोहरामाथि निर्घात कुटपिट गरिएको छ । साउन २९ गते बिहान साढे ४ बजेको समयमा दुहु गाउँपालिका-४ पोक्सेकि जिल्ला सदरमुकाम खलंगा बस्ने सोही उमेर समूहकी धौली भनेर चिनिने गीता कुँवरले निर्घात कुटपिट गरेकी हुन् । बोहराका आमाबुबा व्याँस गाउँपालिका–१ छाङ्गरु गएको मौका पारेर घरमा एक्लै रहेको र सुतेको अवस्थामा कुँवरले टिमुरको लठ्ठीले टाउँको, अनुहार र खुट्टामा अन्धाधुन्ध प्रहार गरेकी

५ जना प्रायोजित बालबालिकालाई २ महिने एडभान्स सिलाई–कटाई तालिम

दार्चुला : जिल्लाका पाँच जना प्रायोजित बालबालिकालाई २ महिने एडभान्स सिलाई कटाई सीप विकास तालिम प्रदान गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्वारा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजनाको सामाजिक–आर्थिक क्षेत्रअन्तर्गत ५ जना प्रायोजित बालबालिकाहरूलाई दुई महिने एडभान्स सिलाई–कटाई सीप विकास तालिम प्रदान गरिएको हो । बालबालिकाहरूमा व्यावसायिक सीप आर्जन गराई सिलाई–कटाईलाई आम्दानीको माध्यम र व्यवसायका रूपमा अगाडि बढाउन सघाउने उद्देश्यले यो तालिम