असारको हिलोबाट भविष्यको समृद्धिसम्म
✍️खेम राज विष्ट असारको पहिलो झरीसँगै नेपाली गाउँहरूमा एउटा छुट्टै रौनक छाउँछ। खेतका गराहरू पानीले भरिन्छन्, किसानको अनुहारमा नयाँ आशा पलाउँछ, असारे गीत गुञ्जिन थाल्छन् र हिलोले भरिएका खेतहरू जीवनका नयाँ सपनाले रंगिन बन्छन्। कसैका लागि असार १५ एउटा पर्व हो, कसैका लागि संस्कृति, तर किसानका लागि यो वर्षभरिको मेहनत, आशा र भविष्यको सुरुआत हो। यही भावनालाई आत्मसात् गर्दै यस वर्ष जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ










