निजी क्षेत्रको समस्या समाधान सरकारको प्रमुख प्राथमिकता : अर्थमन्त्री पौडेल

निजी क्षेत्रको समस्या समाधान सरकारको प्रमुख प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८२र८३ को बजेटका सम्बन्धमा सोमबार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले अगामी आर्थिक वर्ष २०८२र८३ मा बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रको सुधारका लागि ठोस कदम चाल्ने बताउनुभयो । अर्थतन्त्रमा निजी क्षेत्रको भुमिकालाई स्पष्ट रूपमा बुझ्ने दाबी गर्दै विगतका ढिलासुस्ती र अवरोध अन्त्य गर्नेतर्फ सरकार प्रतिवद्ध रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । उहाँले निजी क्षेत्रलाई माथि उकास्नकै लागि सरकारले अध्यादेशमार्फत ३०–३२ वटा कानुनहरू संशोधन गरेको जिकिर गर्नुभयो ।

अधयादेशमार्फत ल्याइएका कानुनहरू कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अगाडि बढिरहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । अर्थमन्त्री पौडेलले अगामी आर्थिक वर्षको बजेट निर्माणका सम्बन्धमा निजी क्षेत्रबाट आएका सकारात्मक सुझावहरुका आधारमा बजेट निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *