जिल्ला प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना

जिल्ला प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना


दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय दार्चुलाको समन्वयमा प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको हो । जिल्ला हुलाक कार्यालयबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता रहेकाले प्रशासनमै टिकट खरिदको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । बिहीवारदेखि जिल्ला प्रशासन कार्यालयबाट टिकट बिक्री वितरणका लागि हुलाक डेस्कको व्यवस्था मिलाइएको जिल्ला हुलाक कार्यालयका प्रमुख बिरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

जिल्ला हुलाक कार्यालयले केहि महिना अगाडी मात्रै दार्चुलाका ८ स्थानीय तहमा पालिका हुलाक कार्यालय स्थापना गरी सेवा दिइरहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *