माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन


दार्चुला : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन हुनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका अन्य नेताको उपस्थितिमा बिहिवार राति डडेल्धुरामा बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेता चयन गरेको हो ।

यसअघि, बहुमतका आधारमा दलका नेताबाट हटाइएका भट्टलाई पुनः नेता चयन गर्न माओवादी पार्टी र अध्यक्ष प्रचण्डले संसदीय दललाई लिखित, मौखिक निर्देशन दिदैं आएको भए पनि कार्यान्वयन भएको थिएन् । 

२०८० माघ १२ गते डडेल्धुराका भट्टलाई हटाएर बहुमतको आधारमा दार्चुलाका मान बहादुर धामीलाई दलको नेता बनाइएको थियो । भट्ट हटाइएपछि सो पार्टीमा आन्तरिक विवाद देखिएको थियो ।

संसदीय दलको पछिल्लो बैठकमा सबै प्रदेश सभा सदस्यको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको माओवादीका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *