विजयालाई नेविसंघ ‘डीएमसी’ इकाई अध्यक्षको जिम्मेवारी, बनिन् पहिलो महिला अध्यक्ष

विजयालाई नेविसंघ ‘डीएमसी’ इकाई अध्यक्षको जिम्मेवारी, बनिन् पहिलो महिला अध्यक्ष

दार्चुला : नेपाल विद्यार्थी संघ दार्चुला बहुमुखी क्याम्पस इकाई समिति अध्यक्षको जिम्मेवारी विजया जोशीलाई दिइएको छ । आइतवार नेपाल विद्यार्थी संघ दार्चुलाका अध्यक्ष रमेश भट्टले जोशीलाई दार्चुला बहुमुखी क्याम्पस इकाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

क्याम्पस इकाई अध्यक्ष प्रकाश बडू स्ववियु अध्यक्षमा निर्वाचित भएपछि जोशीलाई नेविसंघ दार्चुला बहुमुखी क्याम्पसको इकाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघ दार्चुलाले जनाएको छ ।

जोशी दार्चुला बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष बन्नेमा पहिलो महिला हुनुहुन्छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *