लेकम गाउँपालिका–५ मा फोरजीको नेटवर्क समस्या

लेकम गाउँपालिका–५ मा फोरजीको नेटवर्क समस्या

दार्चुला : लेकम गाउँपालिका–५ मा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । वडामा फोरजी टावर जडान गरिएको भएपनि नेटवर्क समस्या देखिएको हो ।

वडाको चनैलामा २०८१ चैत ११ गतेदेखि फोरजी सेवाको नेटवर्क जडान गरिएको भएपनि त्यस क्षेत्रमा फोरजी सेवाले काम नगर्ने गरेको स्थानीयहरुले बताएका छन् । फोरजी नेटवर्कको समस्या सामाधान गरिदिन वडामा स्थानीयहरुको भेला बसेर सामूहिक रुपमा वडाको तर्फबाट नेपाल टेलिकमलाई समस्या समाधानका लागि आग्रह गरिएको लेकम गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बल्देव सिंह बोहराले जानकारी दिए ।

चनैलामा फोरजी जडान गरेदेखि समस्या देखिएको बताइएको छ । त्यहाँ फोरजीले काम नगर्दा अनलाइन तथा ईन्टरनेट सेवा प्रभावित भएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *