धनगढीमा भारतबाट फर्किएका तीन जनामा कोरोना संक्रमण

धनगढीमा भारतबाट फर्किएका तीन जनामा कोरोना संक्रमण

कैलाली : भारतबाट फर्केका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किंदै गरेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । भारतबाट घर फर्किइरहेका ३६ जनाको कैलालीस्थित त्रिनगर सीमा नाकामा बुधवार एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना देखिनेमा दुई पुरुष र एक महिला रहेको केन्द्रका स्रोत व्यक्ति हेमराज जोशीले बताए । उनका अनुसार अछामको ढकारी घर भएका ३२ वर्षीय पुरुष, धनगढी घर भएकी २४ वर्षीया महिला र कञ्चनपुरको पुनर्वास घर भएका २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

जोशीका अनुसार उनीहरूमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको छ । तीनै जनालाई होम आइसोलेसनमा पठाइएको छ । नयाँ भेरियन्टको कोरोना हो वा होइन भन्ने यकिन गर्न पीसीआरबाट परीक्षण गर्न उनीहरूको स्वाव संकलन गरेर काठमाडौं पठाइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *