किटजन्य रोग नियन्त्रणका लागि बहूनिकाय सङ्ग अन्तरक्रिया

किटजन्य रोग नियन्त्रणका लागि बहूनिकाय सङ्ग अन्तरक्रिया

दार्चुला : जिल्लामा किटजन्य रोग नियन्त्रण र निवारणका लागि बहूनिकाय सङ्ग अन्तरक्रिया गरिएको छ । जिल्लामा मनसुन सुरु हुनु अगावै समुदायमा किटजन्य रोगको प्रकोप फैलन नदिन महाकाली नगरपालिकाले बहूनिकाय सङ्ग अन्तरक्रिया गरी रोगको नियन्त्रण र निवारणका लागि छलफल गरेको हो ।

पछिल्लो समय गर्मीयाममा सबैभन्दा बढी देखा पर्ने डेङ्गु रोग संक्रमणलाई नियन्त्रण र निवारण गर्न समुदाय स्तरमा कार्यक्रम गरिएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जय बहादुर फसर््वानले जानकारी दिए । मनसुन सुरुवात सङ्गै लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि डेङ्गु सार्ने लामखुट्टे र त्यसका लार्भाहरु खोज र नष्ट गर अभियान सञ्चालन गर्न अन्तरक्रिया गरिएको उनले बताए । गत विगतका वर्षहरुमा ढिला गरी सञ्चालन गरिने यो अभियान यस वर्ष मनसुन सुरु हुने वित्तिकै गर्न लागिएको जनाइएको छ ।

नगरपालिकाले वडा नम्बर ५ किम्तडीमा बहुनिकाय सङ्ग शुक्रवार अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा डेङ्गु रोगका लक्षण, बच्ने उपायका बारेमा जानकारी दिइएको थियो । डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो ।

यो रोग डेङ्गु भाइरसका कारणले लाग्ने गर्दछ । सामान्यतया डेङ्गु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्दछन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *