दार्चुला : व्याँस गाउँपालिका–२ मालगाउँका ८० वर्षीय गगन सिंह बोहरा (मुर्रयाल) को मृत्यु भएको छ । एक्ली वृद्ध श्रीमतीसहित रहेका बोहराको सोमवार बिहान मृत्यु भएको हो । मृतक बोहराका छोराहरु यार्सागुम्बा संकलनका लागि दुधिवन क्षेत्रमा गएकाले शवको अन्त्येष्टिका लागि गाउँलेहरुले उनीहरुलाई कुरिरहेका छन् ।
दुधिवन क्षेत्रमा फोन नेटवर्क नभएकाले घरमा मृत्युको खबर उनीहरु सम्म पुगेको छैन् । गगनको सोमवार बिहानै मृत्यु भएको तथा यसबारेमा छोराहरुसँग सम्पर्क हुन नसक्दा समस्या भइरहेको स्थानीय लोकेन्द्र सिंह धामीले जानकारी दिए । पुर्खौली घर मार्मा गाउँपालिका–५ मुर्रै भएका बोहरा परिवार केहि वर्षयतादेखि व्याँस गाउँपालिका–२ माल बस्दै आएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?