जीविकोपार्जनका लागि ३० जनालाई विभिन्न सहयोग

जीविकोपार्जनका लागि ३० जनालाई विभिन्न सहयोग

दार्चुला : गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपालले मालिकार्जुन गाउँपालिकाका ३० जनालाई विभिन्न सहयोग हस्तान्तरण गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र ८ का १० जनालाई २/२ ओटा मौरी सहितको घार, ३ जनालाई सिलाई मेसिन, एक जनालाई इन्टरलक मेसिन, ३ जनालाई २०२ ओटा बाखा, ८ जनालाई बाख्राको खोर सुधारका लागि जस्तापाता, सिमेन्ट, १ जनालाई फलफूल पसल सुधारका लागि जस्तापाता, सिमेन्ट सामग्री र ३ जनालाई खोर सुधारका लागि सिमेन्ट हस्तान्तरण गरिएको एकीकृत सामुदायिक विकास परियोजनाका परियोजना अधिकृत मनोरथ जोशीले जानकारी दिए ।

स्पोन्सर अभिभावकले लघु व्यवसाय सञ्चालन गरी आम्दानी बढाउन् भनेर परियोजनाका तर्फबाट सहयोग हस्तान्तरण गरिएको उनले बताए ।

उनका अनुसार सोमवार मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रमेश सिंह बोहराको उपस्थितिमा १२ मौरीघार, ३ वटा सिलाई मेसिन, वडा नम्बर ८ मा मालिकार्जुन कृषि शाखाका ना.प्र.स रमेश प्रसाद जोशी र परियोजनाको तर्फवाट कार्यक्रम अधिकृत टीका राम चौधरी लगायतको उपस्थितिमा ८ वटा मौरी र अन्य सामग्री हस्तान्तरण गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाद्धारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सामाजिक क्षेत्रवाट जीविकोपार्जन सहयोग अन्तर्गत उक्त समान वितरण गरिएको हो ।

यसबाट मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र ८ का २९ जना स्पोन्सर अभिभावक र १ जना नन स्पोन्सर अभिभावक लाभान्वित भएका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *