दार्चुला : दार्चुला जिल्ला अदालतले आफ्ना सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । मंगलवार रातिदेखि प्रशासनले जारी गरेको कफ्र्यु आदेशका कारण अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने जनाएको हो ।
बुधवार बिहान जारी गरिएको सूचनामा दार्चुला जिल्लाभरि भएको कफ्र्यु आदेशका कारण आवागमनमा भएको अवरोधबाट उत्पन्न विषम परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवं कानून व्यवसायीहरुको असहजतासमेतलाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्मका लागि अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द रहने जानकारी गराइन्छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?