दार्चुला : विद्यार्थीका प्रतिभा प्रस्फुटन, प्रवद्र्धन र बजारीकरण गर्नका लागि दार्चुलामा इन्नोभेसन (आई) जात्रा सञ्चालन गरिएको छ । वरल्डलिंक कम्युनिकेशन (WORLDLINK) को सहयोगमा इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (EWBN) र STEM Karyashala Pvt. Ltd. को आयोजनामा जिल्लाको मालिकार्जुन मावि धापमा ‘आई–जात्रा’ सञ्चालन गरिएको हो ।
विद्यार्थीले तयार पारेका नवप्रवर्तनका सामग्री, सजावटका सामग्री, हस्तकला, स्थानीय उत्पादन, स्थानीय खाना र शिल्पका सामग्री जात्राका माध्यमबाट प्रदर्शनी गरिनुका साथै विक्री वितरण गरिएको विद्यालयका प्रधानाध्यपाक सुन्द्र सिंह बुढाथोकीले जानकारी दिए ।

विद्यार्थीको प्रतिभा प्रवद्र्धन र सामग्री किनेमेलमा यो जात्राले सहयोग पुर्याएको उनले बताए । WORLDLINK का प्रवर्द्धक अनुपा भण्डारीले कार्यक्रम संचालन र यसको उद्देशबारे जानकारी गराएकी थिइन् ।
विद्यालय परिषरमा विद्यार्थीहरुले आफूले बनाएका विज्ञान प्रविधिका सामग्री, हस्तकला, सजावटका सामग्री प्रदर्शन गर्नुका साथै स्थानीय परिकारसमेत तयार पारेका थिए । उक्त सामग्री र उत्पादनहरुलाई सहभागीहरुले अवलोकन गरेका थिए ।

आई- जात्रामा अन्य विद्यालयका शिक्षक, विद्यार्थी लगायत अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

