दार्चुलामा दुई थान एकनाले भरुवा बन्दुक फेला

दार्चुलामा दुई थान एकनाले भरुवा बन्दुक फेला

दार्चुला : दार्चुलामा बेवारिसे अवस्थामा दुई थान बन्दुक फेला परेका छन् । सोमवार दिउँसोतिर जिल्लाको अपिहिमाल गाउँपालिका–१ खायाकोटस्थित जंगलमा दुई थान एकनाले भरुवा बन्दुक फेला परेको हो ।

जंगलमा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी खण्डेश्वरीबाट खटिएको प्रहरी टोलीले ती बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *