राप्रपा दार्चुला सङ्गठन विस्तारमा

राप्रपा दार्चुला सङ्गठन विस्तारमा


दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले सङ्गठन विस्तार गरिरहेको छ । संगठन विस्तार गर्ने क्रममा आइतवार राप्रपाले जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा वडा समिति गठन गरेको छ । जेष्ठ नागरिक उदय सिंह नगारिको अध्यक्षतामा बसेको आमभेला तथा वडा अधिवेशनबाट हरि सिंह भाटको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए ।

वडा समितिको उपाध्यक्षमा दिलिप सिंह नगारी, कोषाध्यक्षमा उदय सिंह भाट, सचिवमा नैन सिंह नगारि र सह–सचिवमा राम दत्त जोशी चयन गरेको अध्यक्ष दयालीले बताए । कार्यक्रममा राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयाली, उपाध्यक्ष कृष्ण बहादुर कुवर, चक्र बहादुर बम, प्रवक्ता नरेन्द्र सिंह धामी लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहको थियो ।

पछिल्लो समय दार्चुलामा राप्रपाले सङ्गठन बिस्तारलाई तिव्रता दिएको जनाएको छ । जिल्लाका अन्य वडामा पनि राप्रपाले संगठन विस्तार र जनता जगाउँ अभियान सञ्चालन गर्ने अध्यक्ष दयालीले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *