दार्चुला : महाकाली नगरपालिका–९ दत्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कार्य समिति कार्यालय स्थापना गरिएको छ ।मंगलवार एक कार्यक्रमका बीच वडा नम्बर ९ दत्तुको वडा कार्य समिति कार्यालयको उद्घाटन गरिएको छ । संगठन विस्तारलाई सँग सँगै लगिरहेको राप्रपाले मंगलवार दत्तुमा पार्टीको वडा कार्य समिति कार्यालय स्थापना गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए ।
वडा कार्यालय उद्घाटन कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष प्रकाश दयाली, संयोजक पदम राज खत्री , उपाध्यक्षद्वय चक्र बहादुर बम, कृष्ण बहादुर कुँवर, धर्मराज दयाली लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । वडा कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा आधा दर्जन व्यक्ति राप्रपा प्रवेश गरेको र उनीहरुलाई पार्टीमा स्वागत गरिएको अध्यक्ष दयालीले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

