विद्यालयप्रति पूर्व विद्यार्थीको स्नेह

विद्यालयप्रति पूर्व विद्यार्थीको स्नेह


दार्चुला : वि.सं. २०२२ सालमा स्थापना भएको मालिकार्जुन मावि धाप । यसै विद्यालयमा अध्ययन गरे महाकाली नगरपालिका–८ काँकडा निवासी देव राज जोशीले । जोशी अहिले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) छन् । २०४८ देखि २०५२ सम्म उनले यो विद्यालयमा अध्ययन गरे । कक्षा ६ देखि कक्षा १० सम्म ।

विद्यालय प्रतिको लगाव त्यसका साथसाथै गाउँठाउँको शिक्षालय भएकाले पनि उनले यो विद्यालयलाई सम्झिरहने गर्छन् । पूर्व विद्यार्थीको नाताले उनले मालिकार्जुन मावि धापमा अक्षय कोष स्थापना गरेका छन् । जोशीले यहाँ दुई अक्षय कोष स्थापना गरि सकेका छन् भने थप एक अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । मंगलवार विद्यालयको ६१ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा उनले विद्यालयमा थप अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

यस अघि उनले स्वर्गीय बुवा नन्दराज र आमा गंगादेवीको नामबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । यस्तै करविर जोशी र सरस्वती जोशीको नामबाट पनि थप अर्को अक्षय कोष स्थापना छ । यो अक्षय कोषको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ । विद्यालय प्रतिको स्नेहका कारण जोशीले अझ विद्यालयलाई सक्दो सहयोग गर्ने बाँचा गर्ने गर्छन् । सोही बमोजिम विद्यालयमा आफ्नो र धर्मपत्नी द्रोपती जोशीको नामबाट अक्षयकोष स्थापना गर्ने तयारीमा छन् ।

जोशीले विद्यालयप्रति देखाएको माया र सहयोगका निम्ति मालिकार्जुन मावि अभारी रहेको प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीले बताए । त्यसै अक्षय कोषमार्फत विद्यालयले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने गरेको उनले बताए । जोशी अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा गणपतिका रुपमा कार्यरत छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *