दार्चुला : गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको पाचौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदमुकाम खलंगामा भएको गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको पाँचौ अधिवेशनबाट ताराकेशरी कुँवर अध्यक्षमा चयन भएकी छन् । समितिको उपाध्यक्षमा अशोक राज ओझा, सचिवमा नरेन्द्र सिंह कार्की, उप–सचिव खडक सिंह ठगुन्ना र कोषाध्यक्षमा शुक्लावती बुढाथोकी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रकाश सिंह सामन्त, पुष्प राज जोशी, कलावती जोशी, गगन विष्ट, राजेन्द्र सिंह धामी, विस्ना धामी, भगवती बडाल र विष्णु दत्त भट्ट चयन भएका छन् । गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्राई, महासचिव देवी खड्का, उप–महासचिव किरन थापा, भव राज रेग्मी, सचिव सावित्रा घिमिरे, गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रेम महर, सहईन्चार्ज कैशिला चौधरी, सचिव लोकमान धामीको उपस्थितिमा कुँवरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।
गैर सरकारी संस्था महासंघ दार्चुलाका निवर्तमान अध्यक्ष विष्णु दत्त भट्टको अध्यक्षतामा बसेको पाँचौ जिल्ला अधिवेशन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको प्रमुख आतिथ्यता रहेको थियो । नयाँ नेतृत्वले जिल्लाभित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ । गैसस महासंघमा १३ वटा संस्था आवद्ध छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

