दार्चुला : महाकाली नगरपालिका वडा नम्बर ८ का पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस महाकाली नगरपालिका सभापति चन्द्र सिंह विष्टको निधन भएको छ । विष्टको बिहीवार राति साढे ९ बजेतिर महाकाली नगरपालिका–८ काफलानीस्थित आफ्नै घरमा निधन भएको हो । उनी लामो समय देखि पक्षघात रोगका कारण थला परेका थिए ।
भूतपूर्व सैनिक समेत रहेका उनलाई नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरूप सलामी अर्पण गरेको थियो भने नेपाली काँग्रेस दार्चुलाका उपसभापति महादेव बडू, कोषाध्यक्ष हंस राज भट्टले पार्थिव शरीरमा नेपाली काँग्रेसको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका थिए । विष्ट २०७४ सालमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

