मालिकार्जुनका दुई विद्यालयलाई दूर दृष्टिको स्मार्ट टिभी सहयोग

मालिकार्जुनका दुई विद्यालयलाई दूर दृष्टिको स्मार्ट टिभी सहयोग


दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिकाका दुई विद्यालयलाई दूर दृष्टि डिजिटल प्रालिले स्मार्ट टिभी सहयोग गरेको छ । प्रालिको सामाजिक उत्तरदायित्व अन्तर्गत मालिकार्जुन गाउँपालिका वडा नम्बर २ का विद्यालयलाई स्मार्ट टिभी सहयोग गरिएको हो ।

बुधवार एक कार्यक्रमका बीच राष्ट्रिय मावि ठिङ र रानीस्थान आधारभूत विद्यालय सिराडलाई ३२ ईन्चको स्मार्ट टिभी हस्तान्तरण गरिएको दूर दृष्टि डिजिटल प्रालि सुदूरपश्चिम शाखा प्रमुख नवीन जोशीले जानकारी दिए ।

शैक्षिक अभियान्ता चन्द्र सिंह धामी तथा दूरदृष्टि प्रालिका केन्द्रीय सल्लाहकार महेश सिंह धामीको सक्रियता र पहलमा विद्यालयमा स्मार्ट टिभी हस्तान्तरण गरिएको उनले बताए । यसले आइसिटी कक्षा सञ्चालन गरी शिक्षण सिकाई क्रियाकलापमा टेवा पुग्ने बताइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *