दार्चुला : दार्चुलाका स्थानीय तह प्रखुख एवं सरोकारवालाहरु सँग प्रदेश कार्यक्रम सञ्चालन सम्बन्धि समन्वयात्मक अन्तरक्रिया कार्यक्रम गरिएको छ । कृषि विकास निर्देशनालय दिपायल डोटीको आयोजनामा शुक्रवार कृषि ज्ञान केन्द्र दार्चुलामा समन्वयात्मक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कृषि विकास निर्देशनालय दिपायल डोटीका निमित्त महानिर्देशक टिकेन्द्र कुश्मीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहको विशिष्ट आतिथ्यतामा स्थानीय तहका प्रमुख/अध्यक्ष एवं उप्रमुख/ उपाध्यक्ष, स्थानीय तहका कृषि तथा पशु शाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निर्देशनालयको बजेट विनियोजन तथा खर्ज अवस्था, चालू आवको अर्धवार्षिक प्रगति विवरण, सञ्चालित कार्यक्रम तथा उपलब्धी, स्थानीय तह पकेट क्षेत्र विकास कार्यक्रमबारे प्रस्तुतीकरण गरिएको थियो ।
यस्तै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम बारे निर्देशनालयका निमित्त महानिर्देशक डाक्टर बिनोद बहादुर कठायतले जानकारी गराउनुभएको थियो ।
दार्चुला जिल्लाको समग्र कृषि क्षेत्रको अवस्था, बजेट तथा कार्यक्रमबारे कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख श्याम राज जोशी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको तर्फबाट कार्यालय प्रमुख लाल बहादुर बोहराले पशुपन्छीको अवस्था, उत्पादकत्व र कार्यक्रम र कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

