दार्चुला : नेपाली र भारतीय पक्षबीच महाकाली नदीको स्वच्छता अभियानलाई सँगसँगै लग्ने र एक आपसमा समन्वय गर्ने समझदारी भएको छ । अक्सफार्म नेपालको आर्थिक सहयोगमा सीआरडीएस नेपालद्धारा सञ्चालित ट्रोसा दोस्रो परियोजनाअन्तर्गत मालिकार्जुन गाउँपालिका–७ जोलजिवीमा बसेको अन्तर देशिय समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा नेपाल र भारततर्फका सरोकारवाला पक्षहरु बीच यस्तो समझदारी भएको हो ।

सोमवार वडा नम्बर ७ जोलजिवीको समन्वयमा समैजी महिला आर्थिक सशक्तिकरण केन्द्रको आयोजनामा महाकाली स्वच्छता अभियान र महाकाली नदीको पानी परिक्षण सम्बन्धी अन्तर देशिय समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।
छलफलले नेपाल र भारत दुवैतर्फ महाकाली स्वच्छता अभियानलाई सङ्ग सङ्गै लैजाने र समन्वय गर्ने, नेपालतर्फ हुँदै आएको अभ्यासलाई भारततर्फ पनि सञ्चालन गर्ने समझदारीमा भारत जोलजिवीका ग्राम प्रधान र व्यापार सङ्गका अध्यक्षले प्रतिबद्धता जनाई हस्ताक्षर गरेको ट्रोसा परियोजना दोस्रोका परियोजना संयोजक मान सिंह कार्कीले जानकारी दिए ।

मालिकार्जुन गाउँपालिका–७ का वडा अध्यक्ष बहादुर चन्दको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममाा दुति बगड जोलजिवीका ग्राम प्रधान कविता अवस्थी, निजी क्षेत्रका प्रतिनिधि व्यापार संघ जोलजिवीका अध्यक्ष धिरेन्द्र धर्मशत्रु लगायत अन्य महिला नेतृत्व, नेपालबाट समैजी महिला आर्थिक सशक्तिकरणका सदस्य, नागरिक लोक वैज्ञानिक, प्रस्तावित शशस्त्र प्रहरी गुल्म जोलजिवीका सशस्त्र प्रहरी नायव उपरीक्षक पूर्ण बहादुर चन्द, प्रहरी चौकि जोलजिवीका प्रतिनिधि, वडा सचिव, वडा सदस्य, अक्सफार्म नेपालका कार्यक्रम संयोजक सुमन गुप्त, सीआरडीएस नेपालका वरिष्ठ परियोजना संयोजक मान सिंह कार्कीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष चन्दले नियमित पानी परिक्षणमा वडाले पनि सहयाेग गर्ने प्रतिबद्धता जनाए । यस्तै जोलजिवी व्यापार संघका अध्यक्ष धर्मशत्रुले वर्षैपिच्छे लाग्ने जोलजिवी मेलामा शौचालय अभाव हुने गरेकाले स्थायी शौचालय बनाउन पहल गर्ने बताए ।
महाकाली तटिय क्षेत्रका महिलाहरुको सशक्तिकरणका लागि ट्रोसा दोस्रो परियोजनाअन्तर्गत विभिन्न समूह गठन गरी जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिएको छ ।
महाकाली नदी किनारका ब्याँस गाउँपालिका तिगरम, महाकाली नगरपालिकाको श्रीबगड, खलंगा, खेट्टेबगर, काकडा, दत्तु, चुच्चैबगड, मालिकार्जुन गाउँपालिकाको जोलजिवी, लेकम गाउँपालिकाको लाली र रतौडा गरि १० वटा समूहमार्फत जीविकोपार्जन, सामाजिक आर्थिक सशक्तिकरण, महाकाली नदीमा बाढी पूर्व सूचना प्रणाली, र जिल्लाका चार ठाउँमा (तिगरम, खलंगा, दत्तु र जोलजिवी) मा महाकाली नदीको पानी परिक्षण गरिने गरिएको छ ।
परियोजनाले सीमा नदी वेशिनमा रहेका महिलाहरुलाई आर्थिक, सामाजिक शशक्तिकरण संगै सीमापार सम्बन्ध र पानी सुशासन सम्बन्धी कार्य गरिरहेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

