राप्रपा दार्चुलाको सम्पर्क कार्यालय स्थापना

राप्रपा दार्चुलाको सम्पर्क कार्यालय स्थापना

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाको सम्पर्क कार्यालय स्थापना गरिएको छ । चुनाव लक्ष्यित सम्पर्क कार्यालय स्थापना गरिएको हो । महाकाली नगरपालिका-४ स्थित माइती लजको भवनमा सम्पर्क कार्यालय स्थापना गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए ।

सम्पर्क कार्यालय बसपार्क नजिकै भएकाले पनि चुनावी कार्यक्रमका गतिविधि र अन्य खटनपटनका क्रियाकलापमा सहजता हुने बताइएको छ । सम्पर्क कार्यालय राप्रपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेश चन्द, समानुपातिक उम्मेदवार धाना देवी लुहार, प्रकाश दयाली लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा स्थापना गरिएको हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *