जन्मदिनमा टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जन्मदिनमा टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दार्चुला : सामुदायिक स्वास्थ्य एकाइ नौगाड गाउँपालिका–६ रैचुका अहेव गजेन्द्र सिंह धामीले जन्मदिनको अवसर पारेर टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । आफूले अध्ययन गरेको मालिकार्जुन आवि एगरभगे पुगेर धामीले टुहुरा बालबालिका र एक जना पालिकामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

जन्मदिनको अवसर पारेर एगरभगेका ६ जना टुहुरा र एक जना कक्षा ८ को परीक्षामा पालिकामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शैक्षिक सामग्रीअन्तर्गत कापी र कलम वितरण गरिएको अहेव धामीले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *