जंगली जनावरले बालीनाली सखाप पार्दै, चिन्तामा किसान

जंगली जनावरले बालीनाली सखाप पार्दै, चिन्तामा किसान

दार्चुुला : जिल्लाको मालिकार्जुन गाउँपालिका–७ श्रीपुरमा जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन् । बँदेल लगायतका जंगली जनावरले पाक्नै लागेको बालीनाली सखाप पार्न थालेको स्थानीय अनिलचन्द्र पन्तले जानकारी दिए ।

पाक्ने बेलाको बाली रातिको समयमा आउने जंगली जनावरहरुले खाने गरेको उनले बताए । जंगली जनावरले बालीनाली सखाप पार्न थालेपनि स्थानीयहरुको राति पहरा हुने गरेको छ । पहरा दिदा पनि जंगली जनावरले बानीनाली खाने गरेको पन्तको भनाई छ ।

त्यहाँका स्थानीयले जंगली जनावर धपाउन तथा नियन्त्रण गर्नका लागि पहल गरी दिन स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *