दार्चुला : सुदूरपश्चिममा चैत महिनामा चेलीबेटीलाई भेट्ने चलन छ । भिटौला पर्वका रुपमा परिचित यो महिनामा दिदिबहिनीलाई भेट्न जाँदा स्थानीय परम्परा अनुसार सेलरोटी, खीर, मिष्ठान्न, फलफूल लगायत दिने चलन छ ।
यसै परम्परालाई संगाल्दै दार्चुलाको सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसले क्याम्पसमा कार्यरत महिला प्राध्यापक तथा कर्मचारीहरुलाई मिष्ठान्न कोसेली वितरण गर्दै भिटौला कार्यक्रम गरेको छ । एक कार्यक्रमका बीच परम्परादेखि चल्दै आएको भिटौला कार्यक्रम क्याम्पसमै गरिएको दार्चुला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख करन सिंह साउदले जानकारी दिए ।
भिटौला कार्यक्रम गर्दै सम्पूर्ण चेलीबेटीलाई चैत महिनाको भिटौला पर्वको शुभकामना आदानप्रदान गरिएको उनले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

