दार्चुलामा स्यालको टोकाइबाट ७ जना घाइते
दार्चुला: दार्चुलामा स्यालको टोकाइबाट ७ जना घाइते भएका छन् । पछिल्लो एक हप्तामा ७ जनालाई स्यालले टोकेको हो । हप्ता दिनको अवधीमा ७ जना स्यालले टोकेका बिरामी जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए । आइतवार र सोमवार मात्रै जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ६ मा ६ जनालाई स्यालले टोकेको छ । स्यालले टोकेका ४ जना जिल्ला अस्पतालमा आएकोमा २ जना रेफर भएको










