नजरिया

दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दार्चुला : दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला अस्पताललाई खोप उपलब्ध गराउन नसक्दा खोप अभाव भएको हो । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी खोप नलगाई फर्कन बाध्य छन् । विगत एक हप्तादेखि अस्पतालमा रेविजविरुद्धको खोप

एन्फाको साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रवर धुलिखेलमा विवाद भएको छ । पूर्वअध्यक्ष थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गर्नुभयो । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । यससँगै उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि

विद्युत प्राधिकरणको डीडीए गराउँछौं : मन्त्री खड्का

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन डीडीए गरिने बताउनुभएको छ । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको बताउनुभयो । विद्युत प्राधिकरण घाटामा गएको हो रु भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिनुभयो । अब मुलुकमा लोडसेडिङ नहुने समेत मन्त्री

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : प्रमुख सचेतक बतौला

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ । शुक्रवार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनुभयो । उहाँले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताउनुभयो । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ । प्रमुख सचेतक बर्तौलाले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय

निवर्तमान अध्यक्ष धामी जिल्लाका समस्या लगेर विभिन्न मन्त्रालय धाउँदै

सुन्दर सिंह धामीदार्चुला : मालिकार्जुन गाउँपालिका निवर्तमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी अहिले पालिकाका समस्याहरुको पोकोसहित मन्त्रालय तथा तिनका विभागहरुमा प्रत्येक दिन धाउने गरेका छन् । ग्रामीण बस्तीका प्रमुख समस्याहरु लिएर उहाँ अधिकांस समय अहिले मन्त्रालयमा भेटिने गरेका छन् । पछिल्लो समय राजनीतिक दलहरु र नेताप्रति वितृष्णा पैदा भैरहेको बेला आफ्नो नीजि स्वार्थ भन्दामाथि उठेर धामी निरन्तर जनताको सेवामा तल्लिन छन् । तत्कालिन मालिकार्जुन गाउँपालिकाका अध्यक्ष रहेकां नेपाली काँग्रेस दार्चुलाका

मालिकार्जुन गाउँपालिका योगमय पालिका घोषणा

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई योगमय पालिका घोषणा गरिएको छ । विद्यालय तथा वडास्तरीय योग शिक्षा कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिकालाई योगमयपालिका घोषणा गरिएको हो । योग आयुर्वेद स्वास्थ्य शिक्षा र आत्म अनुशासन पालिका बनाउने उद्देश्य अनुरुप एक कार्यक्रमका बीच शनिवार मुख्य केन्द्रीय प्रभारी युवा नेपाल समितिका साधवी डाक्टर देवविजयाले योगमय पालिका घोषणा गरेका हुन् । योग, आयुर्वेद, शिक्षा र आत्म अनुशासन विषयमा वृहत अन्तरक्रिया गर्दै योगमयपालिका घोषण गरिएको छ ।

भारतको तटबन्ध निर्माण कार्य रोक्न एमालेको माग

दार्चुला : दार्चुलास्थित महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण कार्य रोक्न एमालेले माग गरेको छ । नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएर एकतर्फीरुपमा निर्माण भइरहेको तटबन्धको काम रोक्न माग गरेको हो । दार्चुलाको महाकाली नगरपालिका–५स्थित बिरेन्द्र वन पारिपट्टि भारतले तटबन्ध निर्माण गरिरहेको छ । वि. सं. २०७० सालमा महाकालीमा आएको बाढीले नेपालतर्फको धार परिवर्तन गरी भारततर्फ पुयाएकोमा अहिले आएर उक्त

महाकालीमा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख २२ र २३ गते

दार्चुला : महाकाली नगरपालिकाले आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख २२ र २३ गते गर्ने भएको छ । नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै यसअघि रोकिएको कक्षा ८ को गे्रडवृद्धि परीक्षा बैशाख २२ गते र २३ गते गर्ने जनाएको हो । आधारभूत तह स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैशाख १८ गतेको निर्णय अनुसार बैशाख ३ मा स्थगित गरिएका आधारभूत तह स्तरीय कक्षा ८ को ग्रेडवृद्धि परीक्षा आगामी

नौगाडमा बाघले बाख्रा खायो

दार्चुला : दार्चुलाको नौगाडमा बाघले बाख्रा खाएको छ । नौगाड गाउँपालिका-३ जामिरमा जङ्गलमा चराउन लगेका बाख्रा बाघले खाएको हो । शुक्रवार दिउँसो १२ बजेतिर हरिराम ठगुन्नाको बाख्रालाई जामिरस्थित सिमलधार सामुदायिक वनमा बाघले आक्रमण गर्दा मारेको स्थानीय जगत बहादुर ठगुन्नाले जानकारी दिए । केही दिन अगाडि पनि त्यस गाउँमा कुकुरलाई पनि बाघले खाएको थियो । बाघ आक्रमण बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

दार्चुलास्थित सेनाको गुरुगोरख गुल्म सर्दै, श्रीदल बस्दै

दार्चुला : नेपाली सेनाको दार्चुलास्थित गुरुगोरख गुल्म म्याग्दी सरिरहेको छ । २०७७ माघ १९ गते दार्चुलाको खलंगा आएको गुरुगोरख गुल्म अर्थुङ्गे व्यारेक, म्याग्दी सरिरहेको हो । गुल्मले आफ्नो सम्पूर्ण सुरक्षा फौज म्याग्दी सराईका लागि तयारी गरेको छ । गुरुगोरख गुल्मको ५० जनाकोे सैनिक टोली बैशाख १ गते दार्चुलाबाट ‘मुभ’ भएको छ । दार्चुलामा अब भगतपुर व्यारेक, कञ्चनपुरको श्रीदल गुल्म बस्नेछ । श्रीदल गुल्मबाट पनि ५० जनाको सैनिक टोली बैशाख ८