नजरिया

किम्तडी भीर `ठण्याकाठा´ मा पहिरो खस्दा सडक अवरुद्ध

दार्चुला : महाकाली नगरपालिका-५ किम्तडी नजिककाे भीर ठण्याकाठामा पहितो खस्दा सडक अवरुद्ध भएको छ ।आइतबार बिहान करिब साढे सात बजेतिर सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । त्यहाँ अहिले सडक निर्माणको कार्य भइरहेको छ ।

विद्यालयमै विद्यार्थीलाई प्रोजेक्टरमार्फत एनपीएल देखाउँदै राष्ट्रिय मावि ठिङ

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाको एक विद्यालयले एनपीएलको फाइनल खेल प्रोजेक्टरमार्फत विद्यार्थीलाई देखाउने भएको छ । मालिकार्जुन गाउँपालिका–२ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय ठिङले भोलि हुने फाइनल खेल प्रोजेक्टरमार्फत विद्यालयमा देखाउन लागेको हो । ग्रामिण भेगमा समेत क्रिकेट खेलप्रति अत्यधिक रुचि रहेकाले विद्यालमै एनपीएलको फाइनल खेल प्रोजेक्टरमार्फत विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकसमेतलाई देखाउन लागेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र सिंह धामीले जानकारी दिए । काठमाडौँ कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्याह्न साढे १२ बजे

दुहुँको ब्रह्म आवि पासुँमा स्थानीय शैक्षिक सामग्री प्रदर्शनी र परीक्षा नतिजा प्रकाशन

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ को श्री ब्रह्म आधारभूत विद्यालय पाँसुमा स्थानीय शैक्षिक सामग्री प्रदर्शनी र अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम गरिएको छ । विद्यालयको आयोजनामा दुहुँ गाउँपालिकाको समन्वय तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजिकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत शैक्षिक सामग्री प्रदर्शनी र नतिजा प्रकाशन कार्यक्रम गरिएको हो । शुक्रवार ब्रह्म आधारभूत विद्यालय पासुँका विद्यालय व्यवस्थापन समिति अध्यक्ष

दार्चुलामा २० वर्षमुनि नै आमा बन्दै : १४ प्रतिशत किशोरावस्थामै सुत्केरी

दार्चुला : कानूनले ‘बिहेबारी बीस वर्ष पारी’ भनेपनि दार्चुलामा २० वर्षमुनि नै सुत्केरी हुने संख्या धेरै छ । यहाँका १४ प्रतिशत महिला २० वर्षमुनि नै सुत्केरी भइरहेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा २० वर्षमुनिका १४ दशमलव ३ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका छन् । गत आर्थिक वर्षमा दार्चुलामा ७७ दशमलव ८ प्रतिशत संस्थागत सुत्केरी रहेकोमा १४ दशमलव ३ प्रतिशत २० वर्षमुनिका महिला रहेको

सिटिजन बैंकद्वारा महेन्द्र माविलाई पानी ट्याङ्की र डिस्पेन्सर सहयोग

दार्चुला : सिटिजन बैंक इन्टरनेसनल लिमिटेड महाकाली शाखा दार्चुलाले महेन्द्र मावि खलंगालाई पानी ट्याङ्की र डिस्पेन्सर सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत महेन्द्र माविलाई धारा जडानसहितको २ पानी ट्याङ्की र ३ वटा वाटर डिस्पेन्सर सहयोग गरिएको हो । बुधवार एक कार्यक्रमका बीच महेन्द्र मावि खलंगाका सहायक प्रधानाध्यापक दामोदर जोशीलाई १ हजार लिटरका २ वटा पानी ट्याङ्की, वाटर डिस्पेन्सर ३ वटा वितरण गरिएको सिटिजन बैंक इन्टरनेसनल लिमिटेड महाकाली

दार्चुला बहुमुखी क्याम्पसमा पहिलो पल्ट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको इकाई समिति गठन

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीको इकाई समिति गठन गरिएको छ । शुक्रवार क्याम्पसमा इकाइ समिति गठन गरिएको हो । दार्चुला बहुमुखी क्याम्पसको इकाइ समितिको अध्यक्षमा बसन्त कुमार लोहार, उपाध्यक्षमा हिक्मत सिंह धामी, बिमला रावत, सचिवमा जगदीश महरा, सह–सचिव मेनुका धामी कोषाध्यक्षमा साजन बोहरा चयन भएका छन् । यस्तै सदस्यहरुमा चन्द्र सिंह धामी, हरिश जोशी, प्रतिभा कुँवर, मिलन सिंह बोहरा, पुस्कर

प्रहरी र थुनुवाहरुको स्वास्थ्य परीक्षण

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी तथा हिरासत कक्षका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । शनिवार जिल्ला अस्पताल दार्चुलाका चिकित्सकहरुको टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेको हो । ९८ जना प्रहरी र ५ जना थुनुवा गरी १ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । चिकित्सकद्वारा प्रहरी कर्मचारी तथा थुनुवाहरुको रक्तचाप, मधुमेह, कान चेकजाँच लगायत स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए

श्री महादेव आविको १७ औँ वार्षिक उत्सव

दार्चुला : जिल्लाको नौगाड गाउँपालिका–१ मा रहेको श्री महादेव आवि (०–५) को १७ औँ वार्षिक उत्सव सुरु भएको छ । शिक्षक-अभिभावक संघका अध्यक्ष गम्भीर सिंह डडालको अध्यक्षता, नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीको प्रमुख आतिथ्यता र वडा नम्बर १ का अध्यक्ष हरिलाल सिंह महताको विशिष्ट आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो । २०६५ सालमा स्थापना भएको श्री महादेव आविको १७ औँ वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक मोहन सिंह डडालले वार्षिक प्रतिवेदन तथा

स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

दार्चुला : स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हंसराज भट्टको अध्यक्षता एवं जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको प्रमुख आतिथ्यतामा शनिवार एक कार्यक्रमका बीच स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त कार्यक्रममा अपिनाम्पा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं पूर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिंह

ब्याँस र दुहुँमा हुलाक कार्यालय स्थापना

दार्चुला : नेपाल सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार दार्चुलाको ब्याँस र दुहुँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । बुधवार जिल्लाको ब्याँस गाउँपालिकामा स्थापना गरिएको हुलाक कार्यालय बिहिवार दुहु गाउँपालिकामा पनि स्थापना गरिएको हो । बुधवार ब्याँस गाउँपालिका-४ सुन्सेरामा हुलाक कार्यालयका खरिदार कल्याण सिंह कुवरको अध्यक्षतामा ब्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीको प्रमुख आतिथ्यता, गाउँपालिकामा उपाध्यक्ष बिनोद सिंह कुवरको विशिष्ट आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह कुवर, गाउँपालिकाका प्रवता एवं