नजरिया

माननीय जी हारेको, खाननीय जी जितेको मेरो प्रदेश

पुलेन्द्र कार्की मुलुक संघीयतामा प्रवेश गर्यो, तीनै तहहरुमा आम निर्वाचन सम्पन्न भयो, तीनै तहहरूमा सरकार बने, जनताको सर्वोच्चता व्यवहार मै देखिने खुसहालीको अपेक्षा सबैतिर सन्चार भयो । संघीयता किन ? भनि प्रश्न सोध्दा, राजनीतिशास्त्रले संघीयता (Federalism) भनेको सत्ताको बाँडफाँटको प्रणाली हो, जहाँ एक देशको सरकार दुई वा बढी तहमा विभाजित हुन्छ, प्रत्येक तहले संविधानद्वारा तोकिएका अधिकार र कर्तव्य अनुसार काम गर्छ र सत्ताको विकेन्द्रीकरण, समावेशी शासन, स्थानीय विकास र आत्मनिर्णय,

ढुङ्गा लागेर घाइते भएका प्रहरी जवान पालको मृत्यु

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दीपेन्द्र पालको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान निसिलको थागिल भन्ने स्थानमा माथिबाट खसेको ढुङ्गा टाउँकामा लाग्दा पाल गम्भीर घाइते भएका थिए । घटनास्थलबाट स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु¥याए पनि उपचारका क्रममा पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । पाल केही दिन अगाडि मात्रै

क्रियाकलापमा आधारित बालकेन्द्रित सिकाई शिक्षक तालिम सम्पन्न

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा जेठ १४ गतेदेखि संचालन गरिएको क्रियाकलापमा आधारित बालकेन्द्रित सिकाई शिक्षक तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तीन चरणमा संचालन गरिएको तालिम असार १ गते सम्पन्न गरिएको हो । जेठ १४ गतेदेखि जेठ २० गतेसम्म सञ्चालन गरिएको पहिलो चरणको तालिममा आधारभूत तहमा शिक्षण गर्ने विभिन्न विद्यालयका २१ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।दाेस्राे चरणमा पनि आधारभूत तहमा शिक्षण गर्ने

भोलि धारचुला बजार र सीमा पुल बन्दको घोषणा

दार्चुला : कमलेश दानुका हत्यारा अहिलेसम्म पक्राउ नपरेको भन्दै भोलि धारचुला बजार र अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्ने घोषणा गरिएको छ । शनिवार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह बिष्टको नेतृत्वमा विभिन्न संघसंस्थाहरूले पिथौरागढ जिल्लाका उपजिल्लाधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै दबाद स्वरुप धारचुला बजार र सीमा पुल बन्दको घोषणा गरेका हुन् । ज्ञापनपत्र बुझाउनेमा राज्यमन्त्री अशोक नवियाल, राजेन्द्र नेगी, नवीन तलाल, नन्द विष्ट, जीवन बिष्ट, गुमान बिष्ट, रुकुम विष्ट, राजेश दानु,

बालक्लव पदाधिकारीहरुलाई तालिम

दार्चुला : दुहुँ गाउँपालिकाका बालक्लव पदाधिकारीहरुलाई तालिम दिइएको छ । दुहुँ गाउँपालिकाको समन्वय, गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजिकरणमा दुहुँ गाउँपालिकाअन्तर्गत ५ वटै माध्यमिक विद्यालयका बालक्लबका पदाधिकारीहरूलाई तालिम दिइएको हो । बालक्लव पदाधिकारीहरुलाई बाल अधिकार, बाल संरक्षण, बाल विवाह तथा नेतृत्व विकास सम्बन्धि २ दिने तालिम दिइएको सामुदायिक ग्रामिण विकास समाज नेपालका उदय बोहराले जानकारी दिए । तालिममा गाउँपालकाका ५ वटा

मालिकार्जुनमा पशु स्वास्थ्य शिविर : डेढ हजार बाख्राको औषधोपचार

दार्चुला : मालिकार्जुन गाउँपालिकाका तीन वडामा सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमार्फत डेढ हजार बढी बाख्राहरुको औषधि उपचार गरिएको छ । गैरसरकारी संस्था गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजीकरण र मालिकार्जुन गाउँपालिकाको समन्वयमा जेठ २८ गतेदेखि सञ्चालन गरिएको शिविरमार्फत वडा नम्बर ६, वडा नम्बर ३ र वडा नम्बर २ मा गरी १ हजार पाँच सय ५ बाख्राहरुको औषधि उपचार गरिएको हो । पशु स्वास्थ्य शिविरमार्फत

एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धी तालिम सञ्चालन

दार्चुला : दार्चुलामा एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धी कष्टमाईज्ड शिक्षक तालिम सञ्चालन गरिएको छ । महाकाली नगरपालिकाको आयोजना, इयु र युनिसेफको आर्थिक सहयोग, सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पाँच दिने एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धी कष्टमाईज्ड शिक्षक तालिम सञ्चालन गरिएको हो । तालिमको बिहीवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिरले उद्घाटन गर्नुभएको छ ।गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय

महाकालीमा २५ जनालाई समुदाय विपद् स्वयंसेवक तालिम

दार्चुला : महाकाली नगरपालिकामा २५ जनालाई समुदाय विपद् स्वयंमसेवक तालिम दिइएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको सहकार्यमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम दिइएको हो । जेठ ११ गतेदेखि सुरु भएको उक्त तालिमको बिहीवार एक कार्यक्रमका बीच समापन गरिएको छ । विपद्जन्य जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले समुदाय विपद् स्वयंसेवक आधारभुत तालिम दिएको विपद् व्यवस्थापन सम्पर्क व्यक्ति नरेन्द्र सिंह ठगुन्नाले जानकारी

दार्चुलामा पनि सुनचाँदी व्यवसायी आन्दोलित, सबै पसल बन्द

दार्चुला : सरकारले सुनचाँदीमा लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । बिहिवार दार्चुलामा पनि सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरु आन्दोलित भएका हुन् । आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग राख्दै केन्द्रीय सर्कुलर अनुसार दार्चुला सुनचाँदी व्यवसायी विरोधमा उत्रेकोसुनचाँदी व्यवसायी संघ तदर्थ समिति दार्चुलाका अध्यक्ष सन्तोष दयालीले जानकारी दिए । सुनको भन्सार

मालिकार्जुन गाउँपालिका–६ मा ४७० बाख्राको शिविरमार्फत औषधोपचार

दार्चुुला : मालिकार्जुन गाउँपालिका–६ उकुमा शिविरमार्फत बाख्राहरुको उपचार तथा औषधि वितरण गरिएको छ । गैरसरकारी संस्था गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजीकरण र मालिकार्जुन गाउँपालिकाको समन्वयमा एक दिने पशु स्वास्थ्य शिविरमार्फत बाख्राहरुमा देखिएको रोग र बाह्य परजीवीको उपचार गरिएको हो । बुधवार सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमार्फत एक सय घरपरिवारका ४ सय ७० बाख्राहरुमा देखिएको विभिन्न रोगको उपचार गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा