नजरिया

दार्चुला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दार्चुला : दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि दार्चुलालाई बुधवार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।   जिल्लाका ९ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्टले जानकारी

विपद् जोखिममा सावधानी अपनाउन नौगाड गाउँपालिकाको अपिल

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले विपद् जोखिममा सावधानी अपनाउन गाउँपालिकाबासीमा अपिल गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मनसूनजन्य विपद्‌को दृष्टिकोणले नौगाड गाउँपालिका जोखिममा रहेकाले सावधानी अपनाउन अपिल गरेको हो । मनसूनी वर्षाको समय खासगरी असार, साउन र भदौ महिनासम्म जोखिमयुक्त ठाउँमा बास नबस्न, वनपाखा, घाँसपात र अन्य काममा जाँदा सावधानी अपनाउन तथा सुरक्षित स्थानमा बसाई सार्न अनुरोध गरिएको छ । नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले विपद् उद्धार

खलंगाका धारामा धमिलो पानी, किन हुदैछ खेलबाड जानीजानी

दार्चुला : जिल्ला सदरमुकाम खलंगामा वितरण भएको खानेपानीका धाराहरुमा विगत दुई हप्तादेखि धमिलो पानी आइरहेको छ । खलंगा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समिति दार्चुला (महाकाली नगरपालिका-४ र ५ ) ले वितरण गरेको पानी धमिलो आइरहेकोमा यहाँका उपभोक्ताहरु आजित छन् । पानी पिउन योग्य नभएको भन्दै विकल्पमा अहिले उपभोक्ताहरु अन्य मूलको पानी खोज्नसमेत थालेका छन् । त्यहाँ अहिले पानी जोहो गर्नेको भीड लाग्ने गरेको छ । बर्खाको समयमा मुहान तथा

दार्चुलामा बेवारिसे शव फेला

दार्चुला : दार्चुलामा महाकाली नदी किनारमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका –४ खुलामञ्चको तलपट्टी महाकाली नदी किनारमा बेवारिसे शव फेला परेको हो । शुक्रवार दिउँसो ४ बजेतिर स्थानीयले महाकाली नदी किनारमा रहेको तटबन्धको ब्लकमा अडकिएको अवस्थामा शव देखेका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर शवलाई निकाल्ने प्रयास भइरहेको छ । शवको खुट्टा मात्रै बाहिर देखिएको छ । उक्त शव नदी बगेर

ब्लड बैंक स्थापनाका लागि अग्रसरता : कर्मचारी र सुरक्षाकर्मीद्धारा ५ लाख रकम संकलन

दार्चुला : दार्चुला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरुले अग्रसरता देखाएका छन् । अस्पतालमा रगतको सहज आपूर्ति व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अग्रसरतामा ब्लड बैंक स्थापनार्थ सहयोग रकम संकलन गरिएको हो । ब्लड बैंकको स्थापनाका लागि ५ लाख रकम संकलन भएको छ । जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुबाट स्वःस्फूर्त रुपमा ५ लाख २ हजार ८८१ रुपैयाँ संकलन भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी

माननीय जी हारेको, खाननीय जी जितेको मेरो प्रदेश

पुलेन्द्र कार्की मुलुक संघीयतामा प्रवेश गर्यो, तीनै तहहरुमा आम निर्वाचन सम्पन्न भयो, तीनै तहहरूमा सरकार बने, जनताको सर्वोच्चता व्यवहार मै देखिने खुसहालीको अपेक्षा सबैतिर सन्चार भयो । संघीयता किन ? भनि प्रश्न सोध्दा, राजनीतिशास्त्रले संघीयता (Federalism) भनेको सत्ताको बाँडफाँटको प्रणाली हो, जहाँ एक देशको सरकार दुई वा बढी तहमा विभाजित हुन्छ, प्रत्येक तहले संविधानद्वारा तोकिएका अधिकार र कर्तव्य अनुसार काम गर्छ र सत्ताको विकेन्द्रीकरण, समावेशी शासन, स्थानीय विकास र आत्मनिर्णय,

ढुङ्गा लागेर घाइते भएका प्रहरी जवान पालको मृत्यु

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दीपेन्द्र पालको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान निसिलको थागिल भन्ने स्थानमा माथिबाट खसेको ढुङ्गा टाउँकामा लाग्दा पाल गम्भीर घाइते भएका थिए । घटनास्थलबाट स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु¥याए पनि उपचारका क्रममा पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । पाल केही दिन अगाडि मात्रै

क्रियाकलापमा आधारित बालकेन्द्रित सिकाई शिक्षक तालिम सम्पन्न

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा जेठ १४ गतेदेखि संचालन गरिएको क्रियाकलापमा आधारित बालकेन्द्रित सिकाई शिक्षक तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तीन चरणमा संचालन गरिएको तालिम असार १ गते सम्पन्न गरिएको हो । जेठ १४ गतेदेखि जेठ २० गतेसम्म सञ्चालन गरिएको पहिलो चरणको तालिममा आधारभूत तहमा शिक्षण गर्ने विभिन्न विद्यालयका २१ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।दाेस्राे चरणमा पनि आधारभूत तहमा शिक्षण गर्ने

भोलि धारचुला बजार र सीमा पुल बन्दको घोषणा

दार्चुला : कमलेश दानुका हत्यारा अहिलेसम्म पक्राउ नपरेको भन्दै भोलि धारचुला बजार र अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्ने घोषणा गरिएको छ । शनिवार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह बिष्टको नेतृत्वमा विभिन्न संघसंस्थाहरूले पिथौरागढ जिल्लाका उपजिल्लाधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै दबाद स्वरुप धारचुला बजार र सीमा पुल बन्दको घोषणा गरेका हुन् । ज्ञापनपत्र बुझाउनेमा राज्यमन्त्री अशोक नवियाल, राजेन्द्र नेगी, नवीन तलाल, नन्द विष्ट, जीवन बिष्ट, गुमान बिष्ट, रुकुम विष्ट, राजेश दानु,

बालक्लव पदाधिकारीहरुलाई तालिम

दार्चुला : दुहुँ गाउँपालिकाका बालक्लव पदाधिकारीहरुलाई तालिम दिइएको छ । दुहुँ गाउँपालिकाको समन्वय, गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजिकरणमा दुहुँ गाउँपालिकाअन्तर्गत ५ वटै माध्यमिक विद्यालयका बालक्लबका पदाधिकारीहरूलाई तालिम दिइएको हो । बालक्लव पदाधिकारीहरुलाई बाल अधिकार, बाल संरक्षण, बाल विवाह तथा नेतृत्व विकास सम्बन्धि २ दिने तालिम दिइएको सामुदायिक ग्रामिण विकास समाज नेपालका उदय बोहराले जानकारी दिए । तालिममा गाउँपालकाका ५ वटा