नजरिया

गैसस महासंघ नेपाल दार्चुलाको अध्यक्षमा कुँवर, १३ सदस्यीय समिति गठन

दार्चुला : गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको पाचौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदमुकाम खलंगामा भएको गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको पाँचौ अधिवेशनबाट ताराकेशरी कुँवर अध्यक्षमा चयन भएकी छन् । समितिको उपाध्यक्षमा अशोक राज ओझा, सचिवमा नरेन्द्र सिंह कार्की, उप–सचिव खडक सिंह ठगुन्ना र कोषाध्यक्षमा शुक्लावती बुढाथोकी चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रकाश सिंह सामन्त, पुष्प राज जोशी, कलावती जोशी, गगन विष्ट, राजेन्द्र सिंह धामी,

समानुपातिक सूचिमा दार्चुलाबाट तीन दलका चार जना

दार्चुला : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट तीन दलका समानुपातिक उम्मेदवार बन्द सूचिमा समावेश भएका छन् । जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना समानुपातिक उम्मेदवारको सूचिमा समेटिएका हुन् । नेपाली काँग्रेसबाट खस/आर्यतर्फ काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य करबिर सिंह कार्की, नेकपा (एमाले) बाट आदिवासी जनजाति (सौका) जहेन्द्र सिंह ऐतवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दलित कोटातर्फ जिल्ला अध्यक्ष प्रकाश दयाली र महिला केन्द्रीय

विद्यालयप्रति पूर्व विद्यार्थीको स्नेह

दार्चुला : वि.सं. २०२२ सालमा स्थापना भएको मालिकार्जुन मावि धाप । यसै विद्यालयमा अध्ययन गरे महाकाली नगरपालिका–८ काँकडा निवासी देव राज जोशीले । जोशी अहिले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) छन् । २०४८ देखि २०५२ सम्म उनले यो विद्यालयमा अध्ययन गरे । कक्षा ६ देखि कक्षा १० सम्म । विद्यालय प्रतिको लगाव त्यसका साथसाथै गाउँठाउँको शिक्षालय भएकाले पनि उनले यो विद्यालयलाई सम्झिरहने गर्छन् । पूर्व विद्यार्थीको नाताले उनले मालिकार्जुन मावि धापमा

राष्ट्रिय हितका लागि चुनावी प्रतिष्पर्धा पार गर्दै सहकार्य आवश्यक : पूर्वमन्त्री बडू

दार्चुला : निर्वाचनमा एक अर्काका प्रतिष्पर्धी रहेका राजनीतिक दल र नेतृत्वबीच देश, लोकतन्त्र र संविधानको रक्षाका लागि सहकार्य आवश्यक रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले बताउनुभएको छ । बुधवार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले वर्तमान समयमा राष्ट्रवादी शक्तिहरु देश, लोकतन्त्र र संविधान रक्षाका लागि एक ढिक्का हुनुको विकल्प नरहेको बताएका हुन् । पूर्वमन्त्री

मालिकार्जुन मावि धापको ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दार्चुला : वि. सं. २०२२ सालमा स्थापना गरिएको जिल्लाको महाकाली नगरपालिका–७ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय धापले आफ्नो ६१औँ वार्षिकोत्सव मनाएको छ । मंगलवार एक कार्यक्रमका बीच विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । वार्षिकोत्सवको महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरले उद्घाटन गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवसिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा महाकाली

महाकाली नगरपालिका–९ मा राप्रपाको वडा कार्यालय स्थापना

दार्चुला : महाकाली नगरपालिका–९ दत्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कार्य समिति कार्यालय स्थापना गरिएको छ ।मंगलवार एक कार्यक्रमका बीच वडा नम्बर ९ दत्तुको वडा कार्य समिति कार्यालयको उद्घाटन गरिएको छ । संगठन विस्तारलाई सँग सँगै लगिरहेको राप्रपाले मंगलवार दत्तुमा पार्टीको वडा कार्य समिति कार्यालय स्थापना गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । वडा कार्यालय उद्घाटन कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष प्रकाश दयाली, संयोजक पदम राज खत्री , उपाध्यक्षद्वय चक्र

मालिकार्जुन मावि धाप ६० वर्ष पार, ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दार्चुला : वि. सं. २०२२ सालमा स्थापना गरिएको जिल्लाको महाकाली नगरपालिका–७ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय धापले आफ्नो ६१औँ वार्षिकोत्सव मनाएको छ । मंगलवार एक कार्यक्रमका बीच विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । वार्षिकोत्सवको महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरले उद्घाटन गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवसिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा

नौगाडमा गाउँबस सेवा सञ्चालनमा

दार्चुला : नौगाड गाउँपालिकाले गाउँबस सञ्चालनमा ल्याएको छ । गाउँकार्यपालिकाको बैठकबाट गाउँपालिकाबासीको यातायातमा सहजताका लागि गाउँबस संचालनमा ल्याउने निर्णय अनुरुप सोमवारदेखि बस संचालनमा ल्याइएको हो । नौगाड गाउँपालिकाका उपाध्यक्ष जगत सिंह ठगुन्नाले सोमवार एक कार्यक्रमका बीच रिबन काटेर गाउँबस सेवाको उद्घाटन गरेका छन् । गाउँपालिकाबासीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै गाउँबस सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले बताए । गाउँसभाले कार्यालयको लागि सवारी साधन खरिद शीर्षकमा ५५ लाख

विद्यालयबाट घर फर्किरहेकी ११ वर्षीया बालिकालाई ढुङ्गा लाग्यो, दुबै खुट्टा भाँचिए

दार्चुला : दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर एक बालिका गम्भीर घाइते भएकी छिन् । जिल्लाको महाकाली नगरपालिका–७ स्थित लटिनाथ आवि थालिगाडमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पुष्पा थापाको विद्यालयबाट घर फर्कने क्रममा खुट्टामा ढुङ्गा लागेको हो । सोमवार दिउँसो विद्यालयबाट घर गइरहेकी थापाको माथिबाट खसेको ढुङ्गाले दुबै खुट्टा भाँचिएको छ । उनको दाँया खुट्टा घुडामुनि पूरै भाँचिएको छ भने बाँया खुट्टामा पनि गम्भीर चोट छ । घटनास्थलबाट

राष्ट्रहित केन्द्रित नयाँ राजनीतिक एकताको ऐतिहासिक सुरुवात

नेपालको राजनीति आज इतिहासको एउटा यस्तो मोडमा उभिएको छ, जहाँ पुराना संरचना र अभ्यासहरूले आफ्नो नैतिक वैधता लगभग गुमाइसकेका छन् भने नयाँ चेतना, नयाँ पुस्ता र नयाँ राजनीतिक सम्भावनाले आकार लिने प्रयास गरिरहेका छन्। यो समय केवल सत्ता परिवर्तनको बहस गर्ने समय होइन, बरु राजनीति गर्ने तरिका, नेतृत्व छनोटको मापदण्ड, जनतासँगको सम्बन्ध र राज्य सञ्चालनको दर्शन नै पुनः परिभाषित गर्नुपर्ने “शून्य समय” हो। दशकौँदेखि नेपाली राजनीतिमा जरा गाडेर बसेका पुराना