खलंगाका धारामा धमिलो पानी, किन हुदैछ खेलबाड जानीजानी
दार्चुला : जिल्ला सदरमुकाम खलंगामा वितरण भएको खानेपानीका धाराहरुमा विगत दुई हप्तादेखि धमिलो पानी आइरहेको छ । खलंगा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समिति दार्चुला (महाकाली नगरपालिका-४ र ५ ) ले वितरण गरेको पानी धमिलो आइरहेकोमा यहाँका उपभोक्ताहरु आजित छन् । पानी पिउन योग्य नभएको भन्दै विकल्पमा अहिले उपभोक्ताहरु अन्य मूलको पानी खोज्नसमेत थालेका छन् । त्यहाँ अहिले पानी जोहो गर्नेको भीड लाग्ने गरेको छ । बर्खाको समयमा मुहान तथा