दार्चुला भन्सारद्वारा ११ महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन
दार्चुला : दार्चुला भन्सार कार्यालयले ११ महिनामै वार्षिक राजस्व संकलनको लक्ष्य भेटाएको छ । चालू आर्थिक वर्षको एक महिना बाँकी छँदै कार्यालयले वार्षिक लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो । दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा ५४ लाख ९ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरिएको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख ७० हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा ३ लाख