स्थानीय

मालिकार्जुनमा योग शिविर र जात्रा मेलामा १० लाख खर्च

दार्चुला : मालिकार्जुन गाउँपालिकाले योग शिविर र जात्रा मेलामा १० लाख बढी खर्च गरेको छ । पालिकाले विभिन्न जात्रा मेला तथा शिविर सञ्चालन गरी १० लाख ७ हजार १५३ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार मालिकार्जुन आध्यात्मिक सम्मेलन र योग आवासीय योग प्रशिक्षण शिविरमा ५ लाख ४५ हजार २८८ रुपैयाँ खर्च भएको छ । यस्तै जात्रा मेला व्यवस्थापनमा ४ लाख ६१

दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । कोषसँग सोमवार औपचारिक सम्झौता गरेपछि अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको हो । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सुदूरपश्चिम प्रदेशको पहिलो पालिका पनि अपिहिमाल बनेको छ । गाउँपालिकामा कार्यरत १ सय ५० भन्दा बढी करार सेवाका कर्मचारी, स्वयंसेवक शिक्षक तथा अन्य अस्थायी श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । यसबाट पालिकाका कर्मचारीहरुको निवृतिभरण, बीमा र उपचार खर्च जस्ता महत्वपूर्ण

दुुहुँमा प्राविधिक कर्मचारीको फिल्ड भत्तामा ८ लाख ४ हजार १४ रुपैयाँ खर्च

दार्चुला : दुहुँ गाउँपालिकामा प्राविधिक कर्मचारीहरुको फिल्ड भत्तामा ८ लाख बढी खर्च भएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्राविधिक कर्मचारीहरुको फिल्ड भत्ता वापत ८ लाख ४ हजार १४ रुपैयाँ खर्च भएको हो । लेखापरिक्षण प्रतिवेदन अनुसार गाउँपालिकाले ७ जना प्राविधिक कर्मचारीलाई फिल्ड भत्ता वापत ८ लाख ४ हजार १४ रुपैयाँ भुक्तानी गरेको छ । दुहुँ गाउँपालिकाले कर्मचारी फिल्ड सुविधा सम्बन्धी कार्यविधि, २०७९ तयार पारी पालिका र वडामा कार्यरत प्राविधिकहरुलाई

महाकाली नगरपालिका : भ्रमण खर्च र अनुगमन मूल्यांकनमा करिब २४ लाख खर्च

दार्चुला : महकाली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा करिब २४ लाख रुपैयाँ भ्रमण र अनुगमन मूल्यांकनमा खर्च गरेको छ । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार महाकाली नगरपालिकाले भ्रमण खर्च र अनुगमन मूल्याङ्कन शीर्षकमा २३ लाख ९३ हजार २६० रुपैयाँ खर्च गरेको हो । भ्रमण खर्च नियमावली, २०६४ मा कुनै कर्मचारीलाई भ्रमणमा खटाउँदा भ्रमणको उद्देश्य उल्लेख गर्नुपर्ने, भ्रमणबाट फर्के पश्चात उद्देश्य अनुरुप कार्यसम्पादन गरेको प्रमाणित हुने कागजातसहित भ्रमणको उपलब्धि समेत उल्लेख गरी

निमित्तको भरमा चलेका दुहुँ र लेकममा प्रमुख प्रशासकीय अधिकृत आउँदै

दार्चुला : सरकारले दार्चुलाको दुहुँ गाउँपालिका र लेकम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तका भरमा चलिरहेका जिल्लाका दुई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई खटाएको हो । दार्चुलासहित अन्य जिल्लाका स्थानीय तहमा ६९ जना र ४५ जनालाई गृह मन्त्रालयमा खटाइएको छ । दुहुँ गाउँपालिकामा शाखा अधिकृत दिनेश जोशीलाई पठाइएको छ भने लेकम गाउँपालिकामा दीपक राज जोशीलाई पठाइएको छ । हालसम्म दुहुँ गाउँपालिकामा

विपद् जोखिममा सावधानी अपनाउन नौगाड गाउँपालिकाको अपिल

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले विपद् जोखिममा सावधानी अपनाउन गाउँपालिकाबासीमा अपिल गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मनसूनजन्य विपद्‌को दृष्टिकोणले नौगाड गाउँपालिका जोखिममा रहेकाले सावधानी अपनाउन अपिल गरेको हो । मनसूनी वर्षाको समय खासगरी असार, साउन र भदौ महिनासम्म जोखिमयुक्त ठाउँमा बास नबस्न, वनपाखा, घाँसपात र अन्य काममा जाँदा सावधानी अपनाउन तथा सुरक्षित स्थानमा बसाई सार्न अनुरोध गरिएको छ । नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले विपद् उद्धार

गोकुलेश्वर बजारको फोहर व्यवस्थापन गरिदै

दार्चुला : अव्यवस्थित फोहोरका कारण दुर्गन्धित बनेको गोकुलेश्वर बजारको फोहरलाई व्यवस्थापन थालिएको छ । शैल्यशिखर नगरपालिकाले शनिवारबाट बजार क्षेत्रको फोहर व्यवस्थापन गरिरहेको हो । लामो समयसम्म डम्पिङ साइटको अभावले उठाउन नसकिएको फोहोर शनिवारबाट उठाउन लागिएको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीले जानकारी दिए । नगरपालिकाले २० जना कामदार परिचालन गरी बजार क्षेत्रको फोहर व्यवस्थापन गरिरहेको उनले बताए । गाँजरीमा डम्पिङसाइटको प्रबन्ध गरी फोहर फाल्ने काम भइरहेको छ । नगर

‘जनयुद्ध’ दिवसमा दार्चुलाको नौगाडमा आज सार्वजनिक बिदा

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधवार एक सूचना जारी गर्दै पालिकामा सार्वजनिक बिदा दिएको हो । गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । बिहीवार जनयुद्ध दिवसको अवसरमा अत्यावश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा रहने गाउँपालिकाले जनाएको छ ।

केन्द्रीय सरकारलाई व्याँस गाउँपालिकाका तीन ज्ञापन

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले केन्द्रीय सरकारलाई तीन वटा ज्ञापन बुझाएको छ । बिहीवार गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले परराष्ट्र मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँलाई व्याँसको समस्या समाधानका लागि ज्ञापन बुझाएका हुन् । .परराष्ट्र मन्त्रालयलाई व्याँस गाउँपालिका–१ छाङरु र तिंकर गाउँ जान त्यहाँका स्थानीयहरुलाई नेपालतर्फ बाटो नभएकाले भारतको बाटो प्रयोग गर्न दिई बैशाखदेखि कात्तिक मसान्तसम्मका

दार्चुलामा वडाध्यक्षका लागि ४ जनाको मनोनयन

दार्चुला : दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ को अध्यक्षका लागि ३ दलका सहित ४ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एक जना स्वतन्त्र गरि ४ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् । वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट धन सिंह कुवर, एमालेबाट मान सिंह बडाल, माओवादी केन्द्रबाट वीर सिंह कार्की र स्वतन्त्र उम्मेदवारका रुपमा लाल बहादुर कुवरले मनोनयन