बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रममार्फत नगद उपलब्ध गराइने
दार्चुला : महाकाली नगरपालिकाको ‘बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रम’ मार्फत उपलब्ध हुँदै आएको खाद्यान्नको सट्टा अब नगद उपलब्ध गराइने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षदेखि खाद्यान्नको सट्टा नगद उपलब्ध गराउँने तयारी गरेको हो । कार्यविधि संशोधन गरेर लाभान्वित आमाबुवाहरुलाई नगद उपलब्ध गराउने तयारीमा रहेको महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिरले जानकारी दिए । खाद्यान्नमा गुणस्तर, ढुवानी खर्चसहितलाई हेरेर नगद उपलब्ध गराउने कार्यविधि तयार पारिएको उनले बताए । परिवारजनमा छोराछोरी