जेलबाट भागेका ‘कुख्यात’ कैदी कुँवर पक्राउ
दार्चुला : दार्चुला कारागारबाट भागेका कैदी उमेश सिंह कुँवर पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राति कारागारबाट भागेर फरार रहेका महाकाली नगरपालिका–१ का कुँवर मंगलवार राति पक्राउ परेका हुन् । २४ वर्षीय कुँवर जबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्धामा कारागारमा कैद भुक्तान गरिरहेका थिए । कुँवर फरार भएको २९ दिनपछि पक्राउ परेका हुन् । घरमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला