सबैभन्दा बढी करतिर्ने दार्चुलाको ठगुन्ना जनरल स्टोरसँगै ५ करदाता सम्मानित
दार्चुला : सबैभन्दा बढी कर तिर्ने दार्चुलाको ठगुन्ना जनरल स्टोरसहित सुदूरपश्चिमका पाँच करदाता सम्मानित भएका छन् । सोमवार राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय डडेल्धुराले उनीहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । आफ्नो सेवा क्षेत्रभित्र पर्ने सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका करदातालाई कार्यालयले सम्मान गरेको हो । आर्थिक २०८१÷०८२ मा सबैभन्दा बढी कर तिरेर सम्मानित हुनेमा दार्चुलाको ठगुन्ना जनरल स्टोर, बैतडीको ग्वाल्लेक निर्माण सेवा प्रालि,










