२२ लाख भारतीय रुपैयाँसहित एक नेपाली पक्राउ
दार्चुला : दार्चुलाको नेपाल–भारत जोड्ने सीमा पुलमा चेकजाँच गर्ने क्रममा भारतीय सुरक्षाकर्मी (एसएसबी) ले एक नेपाली युवकलाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । भारतीय संचार माध्यमका अनुसार ती युवकबाट भारतीय २२ लाख रुपैयाँ बरामद गरिएको हो । झोलुङ्गे पुलबाट नेपाल आउँन लागेका युवकबाट एउटा बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जनाइएको छ । बिहीवार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीहाट प्रहरीले रकमसहित बरामद गरेको








