मालिकार्जुनमा पशु स्वास्थ्य शिविर : डेढ हजार बाख्राको औषधोपचार
दार्चुला : मालिकार्जुन गाउँपालिकाका तीन वडामा सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमार्फत डेढ हजार बढी बाख्राहरुको औषधि उपचार गरिएको छ । गैरसरकारी संस्था गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजीकरण र मालिकार्जुन गाउँपालिकाको समन्वयमा जेठ २८ गतेदेखि सञ्चालन गरिएको शिविरमार्फत वडा नम्बर ६, वडा नम्बर ३ र वडा नम्बर २ मा गरी १ हजार पाँच सय ५ बाख्राहरुको औषधि उपचार गरिएको हो । पशु स्वास्थ्य शिविरमार्फत