जनप्रतिनिधि

शैल्यशिखर नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले करार कर्मचारीहरुको म्याद नथप्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालयहरु र नगरकार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुको करार सेवा अवधी नथप्ने निर्णय भएको जनाएको छ । सोमबार प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाद्वारा हस्ताक्षरित सूचनामा सेवा करारमा कार्यरत कर्मचारीहरुको मिति २०८१/०४/०१ देखि लागू हुने गरी म्याद थप नगर्ने भनि नगर कार्यपालिका र नगरसभाको बैठकबाट निर्णय भएको हुँदा मिति २०८१/०४/०१

सुदूरपश्चिम सरकारले यस आर्थिक वर्ष १० अर्ब रुपैयाँ खर्च गर्न सकेन

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०/८१मा १० अर्बभन्दा बढी रकम खर्च गर्न सकेको छैन। यस आर्थिक वर्षका लागि विनियोजित २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपैयाँमध्ये १० अर्ब ६६ करोड ३१ लाख १३ हजार २ सय ५४ रुपैयाँ खर्च गर्न नसकेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल बजेटको ६३.५९ प्रतिशत मात्र खर्च भएको छ। चालु आर्थिक वर्षको विकास बजेट अर्थात पुँजीगततर्फ विनियोजित १७ अर्ब

‘एमाले र कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने’

काठमाडौं । एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन्। उनले भने, ‘पर्सि २८ गते प्रधानमन्त्रीको विश्वासको मत सँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ। हामीले सरकारमा पठाउँने मन्त्रीहरु लगायतका बारेमा पछि थप छलफल गर्ने छौं। अहिलेको हकमा

कर्मचारीलाई धम्क्याएर बील भुक्तानी गर्न खोजिएको भन्दै डिलासैनी कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिले कर्मचारीलाई धम्क्याएर बील भु्क्तानी गर्न खोजिएको प्रति कांग्रेस डिलाशैनीले ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार कांग्रेस डिलाशैनीले एक प्रेस विज्ञप्ती जारी गर्दै गत सोमबार गाँउपालिकाको कार्यालयमा केही व्यक्तिको समूहले गरेको अराजक र अमर्यादित कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो। ‘गाँउपालिका अध्यक्ष सन्तोषप्रसाद जोशीले नीति, नियम र आर्थिक अनुशासनविपरित गैरकानुनी ढङ्गले आफूखुसी गरेको खर्चको बीलभुक्तानी गराउन खोज्दा प्रमुख कार्यकारी अधिकृत र लेखा प्रमुखले अस्वीकार गरेपछि उँहाबाटै परिचालित

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण

दार्चुला : नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ । बुधवार नेकपा एमाले स्थानीय विकास विभाग दार्चुलाको आयोजनामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरिरहेका बेला एमालेले स्थानीय जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरेको नेकपा एमाले जिल्ला कमिटि दार्चुलाका सचिव उमेश राज जोशीले जानकारी दिए । स्थानीय तहले ल्याउने बजेटलाई जनमुखी एवं पारदर्शी बनाउन स्थानीय जनप्रतिनिधिहरुलाई

सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु शैल्यशिखरमा, दोश्रोमा छिमेकी डिलाशैनी

दार्चुला । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु दार्चुलाको शैल्यशिखर नगरपालिकाको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१ को ६१औँ वार्षिक प्रतिवेदनमा शैल्यशिखर नगरपालिकाको बेरुजु ८.०५ प्रतिशत रहेको छ। यस्तै, शैल्यशिखर नगरपालिकाको छिमेकी गाउँपालिका बैतडीमा रहेको डिलाशैनी गाउँपालिका बढी बेरूजुमा सुदूरपश्चिमकै दोश्रो स्थानमा रहेको छ। डिलाशैनीको बेरुजु ७.६२ प्रतिशत रहेको छ।

कोशी र लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै

काठमाडौं । कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिएका छन्। प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन्। यस्तै, लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि छुट्टाइएको बजेट चालु आर्थिक वर्षको भन्दा ६ अर्बले बढी हो । तर कुल बजेटको प्रतिशतको हिसाबले शिक्षा क्षेत्रमा चालु वर्षमा भन्दा न्यून बजेट विनियोजन गरिएको छ । २०८०।०८१

विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो

दार्चुला : दार्चुलामा पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । १७ औँ गणतन्त्र दिवस दार्चुलामा रक्तदान, वृक्षारोपण जस्ता कार्यक्रम गरी मनाइएको हो । जिल्ला समन्वय समिति दार्चुलाको आयोजना र महाकाली नगरपालिकाको आर्थिक सहयोगमा मंगलवार जिल्ला सदरमुकाम खलंगाको खुलामञ्चमा भेला भई र्यालीसहित जिल्ला अस्पताल पुगेर रक्तदान गरिएको थियो । त्यसपश्चात डिभिजन वन कार्यालयको सहकार्यमा जिल्ला प्रहरी कार्यालय परिषर पछाडी वृक्षारोपण गरिएको थियो । दिवसको अवसरमा महाकाली नगरपालिकाका विभिन्न स्थानमा

बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग

१२ कात्तिक,बागलुङ । जिल्लाको गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयलार्इ प्रवासीहरूले २२ लाख सहयोग गरेका छन् । विद्यालयले माघ महिनामा मनाउन लागेको हिरक महोत्सव र विद्यालयको उन्नतिका लागि भन्दै प्रवासमा बस्ने बागलुङ्गेले २२ लाख सहयोग गरेको विद्यालयका प्राध्यानाध्यापक तेजेन्द्र बुढाथोकिले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन गर्न विद्यालयका शिक्षक सोमलाल सापकोटा अहिले जापानमा रहेका छन् । जापानका विभिन्न शहरमा