मालिकार्जुनमा योग शिविर र जात्रा मेलामा १० लाख खर्च
दार्चुला : मालिकार्जुन गाउँपालिकाले योग शिविर र जात्रा मेलामा १० लाख बढी खर्च गरेको छ । पालिकाले विभिन्न जात्रा मेला तथा शिविर सञ्चालन गरी १० लाख ७ हजार १५३ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार मालिकार्जुन आध्यात्मिक सम्मेलन र योग आवासीय योग प्रशिक्षण शिविरमा ५ लाख ४५ हजार २८८ रुपैयाँ खर्च भएको छ । यस्तै जात्रा मेला व्यवस्थापनमा ४ लाख ६१