खुद्रा होइन् थोकमा परिवर्तन आट्ने नेतृत्व गगन
विचार : मुलुकले लोकतान्त्रिक अभ्यास गरेको झण्डै साढे तीन दशक पूरा भएको छ । यस अवधिलाई ४ वटा खण्डमा विभाजन गरी अध्ययन गर्दा २०४६ देखि २०५१ को प्रारम्भिक अवधि भित्र पन्चायतले सुकेनास ग्रस्त बनाएको राष्ट्रिय अर्थतन्त्रलाई आर्थिक उदारीकरणको माध्यमद्वारा पोषित गर्दै राष्ट्रिय संचित कोषमा तेब्बर वृद्धि, आर्थिक वृद्धि दरमा दोहरो अंकको वृद्धि, राष्ट्रिय अन्तर्राष्ट्रिय पुँजी परिचालनको अनुकुलता सृजना जस्ता राष्ट्रिय अर्थतन्त्रलाई सकारात्मक गतिशीलत तर्फ अगाडी बढाउने कामहरू भएको पाइन्छ ।










