विचित्र

भारतको पागंला महोत्सवमा ब्याँसको गोरखनाथ सचेतना समाजको झाँकी प्रदर्शन

दार्चुला : भारतको पांगला महोत्सवमा दार्चुला ब्याँस गाउँपालिकाको जय गोरखनाथ सचेतना समाजको झाँकी प्रदर्शन गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्ला धारचुला तहसिलअन्तर्गत ग्रामसभा पांगलामा आयोजना गरिएको महोत्सवमा नेपालकोतर्फबाट सहभागिता जनाएको ब्याँस गाउँपालिका–४ सुन्सेराको जय गोरखनाथ सचेतना समाजले स्थानीय बाजागाजासहित झाँकी प्रदर्शन गरेको हो । बुधवार स्थानीय पहिरनमा सजिएका महिलाहरुले देउडा खेल खेल्दै आफ्नो साँस्कृतिक झाँकी प्रदर्शन गरेको जय गोरनाथ सचेतता समाज सुन्सेराका सूचना अधिकारी आयुस कुँवरले जानकारी दिए

चराको प्वाँख २८ हजार डलरमा बिक्यो

काठमाडौं । न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ। लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ। यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो। यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो। न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा

पाँच रात लगाएर खिचिएको थियो मुसाको बक्सिङ तस्बिर

बाटोमा दुई वटा मुसा खानाका लागि मानिस जस्तै गरी बक्सिङ खेलिरहेको तस्बिर बेलायतका साम रोली नामका एक फोटोग्राफरले कैद गरेका छन्। उक्त तस्बिर खिच्न उनले पाँच रात लगाएका थिए। त्यही तस्बिरका कारण रोलीले ‘वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड’ हात पारेका छन्। उनको त्यो तस्बिर लन्डनको नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीको लागि राखिएको छ।

बालबालिकाले पिउने दुधमा विषाक्त पदार्थ !

काठमाडौं : अखाद्य पदार्थका रूपमा लिइने मेलामाइनले मिर्गौलामा क्षति पुर्‍याउने चिकित्सकको दाबी छ । मिर्गौलामा पत्थरी पर्नेदेखि मूत्रथैलीको क्यान्सरको जोखिम बढाउने विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा समेत देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको अध्ययनमा समेत मेलामाइन शरीरका लागि घातक भएको पाइएको छ । प्रोटिनको मात्रा बढाउन प्रयोग गरिने मेलामाइन प्रयोग गरिन्छ । मेलामाइन दूध र दूग्धजन्य पदार्थमा राखिन्छ । त्यस्तै उर्वरशक्ति वृद्धिका लागि मेलामाइनको प्रयोग गरिन्छ । बाख्रा, वनस्पति,

ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ

चीनले गुडायो ट्रयाक विनाकै स्मार्ट रेल

भविष्यको रेल प्रणाली निकै अनौठो हुनेवाला छ । ट्रयाक बिना नै रेल चल्नेछ । किनकी चीनले पहिलोपटक ट्रयाक बिनाको रेल गुडाइदिएको छ । चीनले विश्वकै पहिलो स्मार्ट ट्रेन बनाएको छ । यो रेल भर्चुअल रेल लाइनमा गुड्नेछ । उक्त भर्चुअल लाइन चीनको सडकमा बिछाइएको छ । चीनको झुजो प्रान्तको सडकमा यो प्रविधिको रेल पहिलोपटक गुडाइएको हो । यो रेलले एक पटकमा ३ सय यात्री बोक्न सक्दछ । यसको गति प्रतिघण्टा