मार्मामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

मार्मामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर


दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजनामा मार्मा गाउँपालिका–३ स्थित रस्कोट माविमा निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शनिवार सञ्चालन गरिएको शिविरबाट ३१५ जनाले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका सूचना अधिकारी रंगलाल महतले जानकारी दिए । जसमा १५० जना महिला तथा १६५ जना पुरुषले सेवा लिएका थिए ।

शिविरमा पुगेर मार्माका शताब्दी (१०० वर्ष) पुगेका जय सिंह महरले सेवा लिएका छन् । बाथ रोगका बिरामी रहेका उनलाई औषधी वितरण गरिनुका साथै स्वास्थ्य परिक्षण गरिएको महतले बताए ।

शिविरमा आउने बिरामीलाई चेकजाँचपछि गेस्टाइटिस, पाइल्स, कब्जियत, बातब्याधी, मधुमेह, स्वासप्रश्वास, पिनास लगायत नसर्ने रोगहरुको औषधि वितरण गरिएको छ । शिविरमा छाला सम्बन्धी रोगका बिरामीहरु बढी आएका थिए । निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा औषधि वितरण गर्नुका साथै बिरामीहरुको चेकजाँच गरिएको हो ।

दार्चुलाका चार पालिकामा नागरिक आरोग्य सेवा केन्द्रहरुबाट स्थानीय सेवाग्राहीले सेवा पाइरहेको र सबै स्थानीय तहमा आयुर्वेद सेवा सञ्चालनमा रहेको छ । ग्रामिण क्षेत्रका सर्वसाधारण बिरामीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुबाट सेवा लिइरहेका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रले नियमित बिरामी चेकजाँच, विशेषज्ञसहितको निःशुल्क आयुर्वेद शिविर, विद्यालय आयुर्वेद कार्यक्रम, योग शिविरहरू संचालन गरी सेवा दिदै आइरहेको केन्द्रका प्रमुख तारा प्रसाद पाण्डेयले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *