दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति अध्यक्षमा सुवास बोहरा चयन भएका छन् । बुधवार सम्पन्न दोस्रो अधिवेशनबाट बोहराको नेतृत्वमा २१ सदस्यीय सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति चयन गरिएको हो । बोहरा बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन् ।
समितिको उपाध्यक्षमा निराजन थापा (दार्चुला), सन्तोष सिंह (बझाङ), प्रसाद रावल (बाजुरा) र सचिवमा उपेन्द्र बोहरा (डोटी) चयन भएका छन् । यस्तै सहसचिव नवीन बोहरा (अछाम), गितु केसी (कैलाली), पुष्कर देउवा (कञ्चनपुर) र कोषाध्यक्षमा कृतिका बडाल (दार्चुला) चयन भएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?