दार्चुला : नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ । ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दार्चुला शाखाको आयोजनामा स्वास्थ्य कार्यालय दार्चुलाको सहकार्यमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

युनियनको साताव्यापी कार्यक्रमअन्तर्गत जेठ १३ गते दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन दार्चुला शाखाका अध्यक्ष कमल राज जोशीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा मधुमेहको परीक्षण, उच्च रक्तचाप, शरीरको उचाइ र तौल नापजाँच गरिएको छ । कार्यक्रममा ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष जोशीले बताए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, कर्मचारी, जिल्लास्थित पत्रकार लगायत उपस्थित उक्त कार्यक्रममा आम नागरिककोसमेत स्वास्थ्य परिक्षण गरिएको थियो ।

लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ मा भएको हो । यस वर्ष नेपाल प्रेस युनियनले जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म साताव्यापी रुपमा विविध कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाइरहेको छ ।






यो खबर तपाईंलाई कस्तो लाग्यो?