दार्चुला : दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । जिल्लाको व्याँस गाउँपालिका-२ दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।
आज मध्यान्ह १२ बजेको समयमा बुढाथोकी दुम्लिङबाट पारी भारतीय बजार जाने क्रममा तुइन चुडिएर नदीमा खसेको उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।
दुम्लिङमा झोलुङ्गे पुल नहुदा त्यहाँका स्थानीय जोखिम मोलेर तुइन तर्न बाध्य छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?