दार्चुलाका सुनचाँदी व्यवसायी पसल बन्द गरेर आन्दोलित, सरकारलाई ज्ञापन

दार्चुलाका सुनचाँदी व्यवसायी पसल बन्द गरेर आन्दोलित, सरकारलाई ज्ञापन


दार्चुला : सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै दार्चुलाका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यो व्यवसाय नै संकटमा पर्ने भन्दै फिर्ता लिन माग गर्दै पसल बन्द गरेर व्यवसायीहरु आन्दोलित भएका हुन् ।

बिहिवार दार्चुला सुनचाँदी व्यवसायी संघर्ष समिति दार्चुलाका अध्यक्ष सन्तोष दयालीको नेतृत्वमा सुनचाँदी व्यवसायी विरोधस्वरुप नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने माग उनीहरुको छ ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत प्रधानमन्त्री कार्यालयलाई बुझाइएको ज्ञापनपत्र मा भनिएको छ – ‘नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न आभुषण महासंघमा आबद्ध सदस्य संघ, जिल्ला र नगर संघहरूलाई आर्थिक ऐन, २०८२ को दफा–१७ बमोजिम सुनका गरगहना कारोबार गर्ने व्यक्तिले जारी गर्नुपर्ने कर बीलबिजकको नमूना पठाई कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध भई आएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस सम्बन्धमा, सुन तथा सुनका गहना व्यवसायी र आम उपभोक्ता र राज्यलाई पर्न सक्ने प्रभावहरुको बारेमा वस्तुपरक अध्ययन र मुल्यांकन बिना लागू गरिएको २ प्रतिशत तहगत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) ले यस व्यवसायलाई जोखिममा पार्ने र लाखौको रोजगारी गुम्ने भएकोले सोको जानकारी सहित विगत डेढ महिनादेखि चरणवद्ध रुपमा आन्दोलनमा रहेको स्मरण गराउँदछौं । सोही सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट वार्ताको लागि आह्वान भए अनुरुप नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र सुनचाँदी व्यवसायी तथा कालीगढ़ संघर्ष समितिसँग भएको ६ बुँदे सहमतिहरुलाई कार्यान्वयन प्रक्रियामा लग्नका लागि कार्यदल गठन भएको अवगत गराउदछौं ।

साथै उक्त कार्यदलको आफ्नो कार्य शर्त Terms of Reference मा विलासिता कर र भ्याटको पुनरावलोकन नै मुख्य विषयहरु हुन् । तसर्थ कार्यदलले उक्त विषयहरुमा निक्यौल र निस्कर्षमा नपुगुन्जेल सम्म तत्कालको लागि विलासिता कर र भ्याट कार्यान्वयन गर्न सम्पूर्ण दार्चुलाका सुनचाँदी व्यवसायीहरु असमर्थ रहेको व्यहोरा जानकारी गराउँदछौं साथै सुनचाँदी व्यवसायीहरुलाई उल्लेखित करहरु तत्काल लागू गर्ने सम्बन्धमा अनावश्यक दबाब नदिन विशेष अनुरोध गर्दछौं । साथै सुन मा लगाएको बिलाशिता कर २ प्रतिशत र बहुमुल्य पथ्थर हिरामा १३ प्रतिशत भ्याट खारेजी गर्ने र सुनको भन्सार दर ६ प्रतिशत कायम गरि सुनचाँदी व्यवसायलाई व्यवस्थित रुपमा संचालन गर्न ऐन निर्माण गरि कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।’

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *