दार्चुला : कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैंकलाई फर्जी पत्र बनाउने शैल्यशिखर नगरपालिका दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृषि शाखा प्रमुख दीपक राज विष्ट र भेटेरिनरी प्राविधिक जनक सिंह धामी छन् ।
दुवै जनालाई बुधवार पक्राउ गरेर लिखत सम्बन्धी कसुर किर्ते, किर्ते र आपराधिक विश्वासघात शीर्षकमा किटानी जाहेरी दर्ता गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरी कार्यायल दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए ।
उनीहरुले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको २ लाख २० हजार रुपैयाँ अनुदान प्राप्त गर्न कृषक समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै हस्ताक्षर परिवर्तन गर्न र खाता नविकरणका लागि ग्लोबल आईएमई बैंकको गोकुलेश्वर शाखालाई पत्राचार गरेका थिए । पक्राउ परेका मध्येका धामी शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीका छोरा हुन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?